कालिकोटको पूर्वि क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध, स्थानीद्धारा सोलार चोरी

0
Shares

कालीवहादुर मल्ल, कालिकोट । तिलागुफा नगरपालिका स्थित जुविथामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा रहेका सोलार चोरी भएपछि कालिकोट पूर्वि भेगमा एक महिनादेखि सेवा अवरुद्ध भएको छ ।

एक महिना अघि जुविथामा रहेको जिएसएम नमस्ते र स्काइ प्रविधिको टावर विग्रीएर बनाए लगत्तै यहाँ रहेका सोलार चोरी भएपछि यस जिल्लाको पूर्विक्षेत्र टेलिफोन सेवाबाट बञ्चित भएको हो ।

जुविथामा रहेको टावरले महवै गाउँपालिका, तिलागुफा नगरपालिका र खाडाचक्र नगरपालिकाका लागि सेवा दिदै आएको थियो ।
रिपिटर टावर हावाहुरीले तथा स्थानीयले टावरका नट खोलेका कारण ढलेको र वनाएलगत्तै त्यहाँ रहेको सोलार पाता चोरी भएपछि विद्युत पावर नभएर अवरुद्ध भएको नेपाल टेलिकम कालिकोटका प्रमुख प्रेमवहादुर विष्टले जानकारी दिए ।

‘एक हप्ता लगातार प्राविधिक टोली कामका खटिए पनि टावर निर्माणको काम सफल भयो वने लगत्तै केही सोलार पाता स्थानीयले चोरेपछि फेरी अवरुद्ध भयो ’ –उनले भने ।

टावरले सदरमुमा पनि राम्रो काम गरिरहेको छैन भने अवरुद्ध जुविथाको टेलिफोन टावरका कारण गाउँगाउँमा रहेका स्थानीय सरकारको सम्पर्क टुटेको छ ।

टावरमा बेलाबेलामा समस्या आउँदा यहाँका हजारौँ स्थानीयवासीले सास्ती भोग्दै आएका छन् । निजी क्षेत्रका सञ्चार प्रदायक कम्पनीको कालिकोटका गाउँगाउँमा सेवा विस्तार नहुँदा नेपाल टेलिकमको सेवामा नै भर पर्नु पर्ने बाध्यता रहेको छ ।