सिङ्गो वडाका बासिन्दा लालपुर्जा विहिन

0
Shares

सञ्जय कार्की, रौतहट
रौतहटको सिमा जोडिएको मकबानपुरको बकैया गाउपालिकाको वडानम्बर एक का बासिन्दा लालपुर्जा बिहीन रहेका छन ।

उनीहरु चुरेक्षेत्रमा बसोबास गर्दै आएका छन । जग्गा जमिन प्रशस्त भएपनि जग्गाको स्वामित्व उनीहरु संग नहुदा लालपुर्जा बिहीन बनेका हुन । उक्त क्षेत्रको भौगोलिक नक्सामा रौतहट परेपनि उनीहरु भने आफु मकबानपुर बासी भएको दाबी गर्दै आएका छन ।

राष्ट्रपति चुरेसंरक्षण कार्यक्रम लागुभएपछि चुरेक्षेत्रको संरक्षण मानबरहित की मानब सहितको बनाउने भन्ने बिषयमा बहस भैरहेको बेला उक्त क्षेत्र अतिक्रमित हुदै गएको छ । मकबानपुर जिल्लाको बकैया गाउपालिकाको वडानम्बर १ कायम गरिएको चुरेक्षेत्रको मोरङ्गे, चण्डोबजार, ठुलो बाफल, ख्याकु लुमाखोप, बरबोट, सानो धियाल, ठुलो धियाल, अल्लाजोर, महादेब डाडा, माथ्लो महादेब डाडा, गाउसोवान, बीज डाडा, थली, सिमसोल टोल, साबिक धियाल,नागदह, हाडी ठुलो हाडी, रजुवा, लगायतका स्थानमा नौ हजार जनसंख्याको बसोबास रहेको छ । १६ बर्ष अघि सम्म बनजङ्गल रहेको उक्त क्षेत्रमा नौ बर्ष अघि देखि मानबबस्तिको बसोबास बढदै गएको डिभिजन बन कार्यालयका प्रमुख बीरेन्द्र सिहले बताउनु भयो ।

०४४ सालको नक्सामा उक्त बस्ति भन्दा माथि रहेको चुरेपानी ढलो सम्म रौतहट रहेको छ तर राज्यको पुनसरचना गर्दा मकबानपुर जिल्लाले उक्त बस्ति लाई बकैया गाउपालिकाको वडानम्बर १ कायम गरिदिएपछि अहिले बिबादमा परेको छ । उक्त क्षेत्रको नमोबुध्द सामुदायिक बन उपभोक्ता समिति भने डिभिजन बनकार्यालयमा दर्ता रहेको छ । नागरिकता प्रमाण पत्र र भोटलिष्टमा भने उनीहरु मकबानपुर जिल्लामा रहेको देखिन्छ । उक्त क्षेत्रका युबाहरु रोजगारीका लागि पलायन भएका छन । आम्दानीको मुख्यस्रोत खेती भएपनि सोचे जस्तो आम्दानी दिन सकेको छैन ।

तत्कालिन सरकारका बनमन्त्रि हेमबहादुर मल्लको समयमा त्यस क्षेत्रका बस्ति खाली गराउदै उनीहरु लाई तत्कालिन रङ्गपुर गाबिसको नयाबस्ति र सन्तपुरको मरधरमा बसोबास गराइएपनि पछि उनीहरु पुन चुरेक्षेत्रमा गई बसोबास गर्न थालेपछि घनाबस्ति बन्दै गएको हो । वडासदस्य प्रेमबहादुर फुयाल भन्छन सदियौदेखि बसोबास गर्दै आएको यस क्षेत्रमा सिमा बिबाद हुनु दुखद रहेको बताउनु भयो । बकैया गाउपालिका एक नम्बर वडाका अध्यक्ष बुध्दिमान वाईवाले मतदान र नागरिकता मकबानपुरको भएपछि बिबाद हुनु नपर्ने बताउनु भयो ।