बालश्रम निषेध निति ल्याइदै

0
Shares

विमल बिष्ट, डोटी
डोटी जिल्लाको दिपालय सिलगढी नगरपालिकालाई बाल श्रमिक मुक्त नगरको रुपमा स्थापना गर्ने उदेश्यका साथ नगरपालिकाले बाल संरक्षण एंव बालश्रम निषेध सम्बन्धी निति, रणनिति र निर्देशिक ल्याउने तयारी गरेको छ ।
दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्र भित्रमा बलश्रम अन्तकालागि बनाईएको बाल श्रमीक सम्वन्धी निति निर्माण कार्यको अन्तीम चरणमा पुगेको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेश जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बालश्रम अन्तका लागि निर्माण गरिएको श्रमीक सम्वन्धी निति निर्माण कार्यको हामी अन्तीम चरणमा पुगेका छौँ,सम्भब त चाडै लागु गराउने छौँ ।”

निति तथा कार्यक्रमहरुमा के कस्ता प्रावधानहरु राख्ने भन्ने सम्वन्धमा सुझाब सँकलन गर्न उदेश्यका साथ आज जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरिएको कार्यशाला गोष्टीमा कानून विज्ञ तथा विभिन्न समितिहरुको सहयोगमा बनेको तिन ओटा मस्यौदा माथी बृहत छलफल गरि सुझाब सँकलन गरिएको नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका सँयोजक शिवराज खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “कानून विज्ञ तथा विभिन्न समितिहरुको सहयोगमा बनेको मस्यौदा माथी हामीले बृहत छलफल गरेकाछौँ,नगरको बालश्रम अन्त गरेरै छोड्छौँ ।” नगरक्षेत्रमा बालश्रमीकहरुलाई घरेलु कामदारको रुपमा प्रयोग गर्ने गरिएको पाईएपछि नगरपालिकाले नगरक्षेत्रलाई बालश्रम मुक्त नगरको रुपमा नगरको पहिचान गराउनकालागि विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आई रहेको छ ।

विभिन्न कार्यक्रमहरु अन्तगत श्रमीक बालबालिकाहरुको पहिचान, उनीहरुका अभिभावकहरु सँग छलफल, बाल श्रमीक राख्ने व्यक्तिहरु सँगको छलफल, बाल श्रमीक बालबालिकाको लगतीकरण, श्रमीक नभएको घरमा हरियो झण्डा लगायतको कार्यक्रमहरु यस भन्दा पहिले नै नगरपालिकाले गरि सकेको दिपायल सिलगढी नगरपालिकाका सामाजिक विकास अधिकृत रमेश जोशीले जानकारी दिनु भयो । जिल्लाका बिभिन्न होटेल,निजीघर तथा पशलहरुमा दजर्नौ बालश्रमीकहरु रहेका छन् । आर्थिक अवस्था कम्जोर भएका कारण घरका अभिभाबकहरुले नै बालश्रमीक राख्न लगाउने गरेको व्यापारीहरुको आरोप छ ।

व्यापारीहरु भन्छन्, “घरकाम मान्छे आउछन्,काम लगाएर जान्छन,दोसी जती हामीलाई बनाउछन् ।” त्यस्तै बालश्रीमक राख्ने तथा राख्न लगाउनेहरुलाई नगरपालिकाले नगरबाट प्रदान हुने सरकारी सेवा सुबिधाबाट बन्चित गराउदै आएको छ ।

बालश्रम अन्त गर्नकालागि बनेको बालश्रम निषेध निती निर्देशीकाको अबमुल्यन गरी पुःन बालश्रमीक राख्नेका बिरुद्ध नगरपालिकाले कानुनी रुपमा जाने योजना बनाएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “बालश्रम अन्तकालागि बनाईएको निती निर्देशीकाको पालना नगर्नेका बिरुद्ध नगरपालिका अदालत जाने छ ।”