हावाहुरीको बितण्डा: मानवीय क्षति कम,भौतिक क्षति बढी

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज,
गत आइतबार आएको हावाहुरीका कारण पर्सामा ५ सय ९ घरधुरीमा क्षति र्पुयाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार जिल्लाका विभिन्न ठाउँमा गरी ५ सय ९ जनाको घरमा क्षति पुगको छ । १ सय २२ वटा घर पूर्ण क्षति भएको छ भने ३ सय ८७ घरमा आंशिक क्षति पुगेको छ । वीरगन्ज महानगरपालिका १८ जगरनाथपुर र वडा नं २२ सुखचैनामा बढी भौतिक क्षति भएको छ ।

हावाहुरीले जगरनाथपुरमा २ सय ९ र सुखचैनामा १ सय १८ वटा घरधुरीमा क्षति र्पुयाएको छ । क्षतिको विवरण आइसकेकोले राहत र पूर्नस्थापनाका काममा जुट्न सबै सरोकारवाला निकायलाई निर्देशन दिइसकिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । पर्सामा हावाहुरीका कारण मानवीय क्षति भएको छैन । तर बारामा भएको दुर्घटनामा परेर पर्साका तीन जनाको मृत्यु भएको जानकारी जिल्ला प्रशासन कार्यालय पर्साले दिएको छ । वीरगन्ज महानगरपालिका वडा नं १८ भवानीपुर बस्ने १८ बर्षका सरोज रामको मृत्यु भएको छ । उनको बाराको परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरमा हावाहुरीका कारण भएको सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो ।

प्रहरीका अनुसार बारामा ईट्टा भट्टामा काम गर्दै आएका एक परिवारका दुई सदस्यको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका वडा नं ५ का हजुरवुवा नाति रामजित माझी र सुरज माझीको बारामा मृत्यु भएको हो । घरका दुई सदस्यको मृत्यु भएपछि अहिले सो परिवारमा तनाबमा परेको छ ।

राहतका लागि आएको टोलीसमेत बारामा केन्द्रित भएपछि पर्साका हावाहुरी पीडितहरुले भने राहत पाउन सकेका छैनन् । माझी परिवारमा पनि राहत अहिलेसम्म नपुगेको वडा अध्यक्ष दारा सिंहले जानकारी दिनुभयो । राहत बितरण भइरहेको र नपुगेका स्थानमा पनि पु¥याउने काम आजै गरिने प्रमुख जिल्ला अधिकारी भट्टराईले नेपाल सचामारपत्रसँग बताउनुभयो ।