गाउँमै प्राविधिक शिक्षा पढ्दै विद्यार्थी

0
Shares

सलिम अन्सारी, प्युठान
जिल्लाको प्युठान नगरपालिका ९ कि सर्मीला केसी बाल बिद्या मावि मरन्ठानामा तीनवर्षे आईएसई एजी(बाली बिज्ञान)शंकायमा पढिरहेकी छन्। आफूले चाहेको विषय गाउँमै पढ्न पाउँदा खुसी लागेको उनले बताईन। ‘घरपरिवारसँग टाढा बस्नु परेन, खर्च पनि कम लाग्ने भयो ।उनले भनिन, ’निकै खुसी लागेको छ।’ ताजाकोट ४ सिरु कोट हुम्लाका मान बहादुर थापाले जगत उमाबीबाट एसईई दिएर कृषि प्राविधिक शिक्षा पढ्ने योजनामा थिए।

हुम्लामा कृषि प्राबिधिक पढाई हुने बिध्यालय नहुँदा बाहिरी जिल्लामा जानै पर्ने थियो। तर कहाँ पढ्ने उनी कलेजकै खोजीमा थिए। दिदिवाट प्युठानमा पढाइ हुने सुनेपछि थापा प्युठान हानीए । अहिले उनी मरन्ठानामा बालि विज्ञान पढिरहेका छन। आत्मनिर्भर हुन कृषि प्राबिधिक पढ्न थालेको थापा भन्छन कृषि पढेका विद्यार्थी कोहि पनि खाली वसेका छैन्न।उनले भने कसैले ब्याबसाय त कसैले जागीर गरेको देखिएको छ।

माध्यमिक तह पूरा गरेपछि प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन गर्न केही बर्ष अघि सम्म प्युठानका विद्यार्थीलाई शहर पस्नुपर्थ्यो । अहिले भने घर छेउमै प्राविधिक तथा व्यावसायिक शिक्षा पढाइ हुन थालेपछि अन्यत्र पढ्न जाने झन्झटबाट यहाँका विद्यार्थी मुक्त भएका छन् । घरमै बसेर स्वरोजगारमूलक शिक्षा आर्जन गर्न पाउँदा यस क्षेत्रका विद्यार्थी खुशी भएका छन् ।

गाउँमै अभिभावकलाई पनि आर्थिक भार कम परेको छ ।बाल बिद्या माबी मरन्ठानाले सीटीईभीटीबाट सम्बन्धन पाएपछि गत बर्षबाट पठनपाठन सुरु गरेको विद्यालयका कार्यक्रम संयोजक रमेश गिरिले बताए । ‘समयको माग र जनचाहनालाई ध्यानमा राखेर घरआँगनमै प्राविधिक शिक्षा सुरु गरेका हौं,’ उनले भने। ४० जनाको कोटा रहेको विद्यालयमा २९ विद्यार्थी भर्ना भएका छन्। विद्यार्थीलाई स्थानीयस्तरमै रोजगारको अवसर सिर्जना गर्न सकिने उनले बताए।

यो संगै जिल्लाका तीन वटा बिद्यालयमा वाली विज्ञान बिषयको पढाइ हुँदै आएको जिल्ला शिक्षा समन्वय समितिका प्रमुख शिव पण्डितले बताए।
भानुभक्त माबी बर्बोट र क्षेत्र विकास माबी प्युठान नगरपालिका ७ बिजुवारले समेत पठनपाठन सुरु गरिसकेका छन।प्युठानमा शैक्षिक क्षेत्रको बिकास हुँदै जाँदा यहाँ अहिले पुर्व पश्चिमका विद्यार्थी समेत भित्रन थालेका छन।पण्डितका अनुसार बर्दिया दाङ , रोल्पा,मुगु ,बाके ,हुम्ला लगायत जिल्लाबाट गरी १३२ विद्यार्थी भर्ना हुन आएका छन्।

जिल्लाका ७ स्थानीय तहलाई कृषि प्राबिधिक शिक्षा संचालनका लागी शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयमा यश बर्ष सिफारिस गरिएको उनले सुनाए ।क्षेत्र बिकास माबि कृषि कलेज पुण्यखोलाका कार्यक्रम संयोजक विशाल पोख्रेलले ३ बर्षे बाली बिज्ञानका लागि प्रती बिध्यार्थिले १ लाख ७० हजार शुल्क तिर्नुपर्ने जानकारी गराए।त्यस्तै मल्लरानी गाउपालिकाको भानुभक्त माबी बर्बोटले ५ बर्ष देखि नौ देखि १२ कक्षासम्म बाली बिज्ञान बिषयमा पठनपाठन गरिरहेको
प्रध्यानाध्यापक चक्रपाणी पौडेलले बताए।

उनले भने,‘जिल्लामै प्राविधिक शिक्षा सञ्चालन गरेपछि पढाइका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।’ उनले विद्यार्थीले जिल्लामै कम खर्चमै गुणस्तरीय प्राविधिक शिक्षा पाउन थालेको जनाए ।