मुम्बई इन्डियन्सको १ सयौं जित

0
Shares

नयाँ दिल्ली, (एजेन्सी)
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार रातिको खेल जितेर मुम्बई इन्डियन्सले इतिहास रचेको छ ।

मुम्बईले चेन्नाई सुपर किंग्सलाई ३७ रनले पराजित गरेर आईपीएलमा इतिहास रचेको हो । यो मुम्बईको आईपीएलमा १ सयौं जित थियो भने जारी प्रतियोगितामा दोस्रो जित थियोे । टोली आईपीएलमा १ सयौं जित हात पार्ने पहिलो टोली बन्न सफल भयो । साथै चेन्नाईलाई मुम्बईले जारी आईपीएलमा पहिलो हार पनि चखाएको छ । चेन्नाईले शुरुको तीन खेलमा जित हात पारेको थियो ।

दोस्रो नम्बरमा चेन्नाईको टोली रहेको छ । आईपीएलमा चेन्नाईले ९३ खेल जितेको छ भने कोलकाता नाइट राइडर्स ८८ खेल जित्दै तेस्रो स्थानमा रहेको छ । बुधबारको खेलसम्म मुम्बईले १ सय ७५ खेल खेलेको छ । जसमा १ सय जित सामेल रह्यो । संजोगवश मुम्बईले ५०औं जित पनि चेन्नाई माथि नै हासिल गरेको थियो ।

कप्तानीमा धोनी अगाडि
कप्तानीमा सबैभन्दा धेरै जित्ने सूचीमा महेन्द्र सिंह धोनी अगाडि रहेका छन् । आईपीएलमा धोनीले चेन्नाई र पुणेको गरी १ सय ६३ खेलमा कप्तानी गरेका छन् । जसमा उनलाई ९७ खेलमा जित हासिल भएको छ ।

दोस्रो स्थानमा रहेको गौतम गम्भीरले कोलकातालाई १ सय २९ खेलमा कप्तानी गर्दा ७१ खेलमा जित दिलाएका थिए । तेस्रो स्थानमा विराट कोहलीको नम्बर आएको छ । कोहलीले रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी गरेको १ सयौं खेलमा पु¥याइसकेका छन् । उनलाई ४४ खेलमा जित हात परेको छ । जबकी यो सिजनको आईपीएलमा उनको टोली लगातार चार खेलमा हारिसकेको छ ।