भन्सारमा प्रभु बैंकको काउन्टर सञ्चालनसम्बन्धी सम्झौता

0
Shares

 

काठमाडौं, (नेस)
सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल–भारत सीमामा रहेका कार्यालयहरुमा प्रभु बैंकले काउन्टर खोली बैंकिङ कारोबार शुरू गरिरहेकोमा हाल ५ वटा अतिरिक्त भन्सार कार्यालयमा बैंकले काउन्टर खोली बैंकिङ सेवा गर्नेसम्बन्धी सम्झौतामा एक कार्यक्रमका बीच भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गर्नु भएको छ ।

रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर जटही भन्सार कार्यालयहरुमा बैंकले वैशाखदेखि बैंकको काउन्टर सञ्चालनमा ल्याई सेवा प्रारम्भ गर्नेछ ।

नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसं“गको सिमानामा संचालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतीसंगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजस्व संकलनको आक“डामा वृद्धि हुनजाने विश्वास लिइएको छ ।

बैंकको सेवा प्रारम्भ भएस“ंगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवम् आयात निर्यातकर्ताहरुले सरलरुपमा बैकिङ सेवा प्राप्त गर्नेछन । साथै सरकारको राजस्व संकलन प्रक्रियामा पनि यसबाट टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।