मेगा क्यापिटल मार्केटस्लाई कारोबार अनुमति

0
Shares

काठमाडौं, (नेस)
मेगा बैंक नेपालको सहायक कम्पनी मेगा क्यापिटल मार्केटस् ले मर्चेन्ट बैंकिङ व्यवसाय गर्नका लागि अनुमति प्राप्त गरेको छ ।
मेगा क्यापिटल मार्केट्सले सोमबार नेपाल धितोपत्र बोर्डबाट कारोबारका लागि अनुमतिपत्र प्राप्त गरेको हो ।

यस कम्पनीको अधिकृत पु“जी ३० करोड रुपिया“ र चुक्ता पु“जी २० करोड रुपिया“ रहेको छ । मेगा क्यापिटल मार्केट्सले पु“जी बजारस“ग सम्बन्धित निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श जस्ता मर्चेन्ट बैंकिङ सेवा आफ्नो त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालय, साकेत कम्प्लेक्सबाट प्रदान गर्ने कम्पनीका सीईओ सुदयकान्त झाले बताउनुभयो ।

ग्राहकहरुको सुविधा, लगानी उद्देश्य तथा आवश्यकतालाई ध्यानमा राखि नवीनतम र उपयुक्त सेवाहरु प“ुजी बजारमा ल्याउनु नै कम्पनीको मुल उद्देश्य रहेको मेगा क्यापिटल मार्केट्सका अध्यक्ष ईश्वरबहादुर गुरुङले बताउनुभयो । केही दिनपछि औपचारिक कार्यक्रम गरी मेगा क्यापिटल मार्केट्सको विधिवत् रुपमा कारोबार प्रारम्भ गर्ने उहा“ले बताउनुभयो ।

यसैबीच मेगा बैंक नेपालले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमिट’ सेवा शुरु गरेको छ । अष्ट्रेलियाको अजिज फरेक्स एन्ड फाइनान्स कम्पनीस“गको साझेदारीमा मेगा बैंकले अष्ट्रेलियाबाट मेगा रेमिट सेवा शुरु गरेको हो ।

यो सेवा शुरू भएपछि अष्ट्रेलियाबाट नेपालमा मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २३ सयभन्दा बढी एजेन्टमार्फत रकम पठाउन र भुक्तानी लिन सकिनेछ । मेगा बैंकमै खाता भएका ग्राहकका लागि रेमिट सेवा निःशुल्क गरिएको बैंकले जनाएको छ ।