एड्मायर नेपाल र ग्लोबल कन्स्नबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
पृथ्वीमा जीवन रक्षाका लागि हिउ“ बचाउ भन्ने नाराका साथ सगरमाथा र अन्य हिमाली क्षेत्रमा आरोहरणका क्रममा गरिएको फोहोर र त्यस आसपासका क्षेत्रमा रहेको फोहोर व्यवस्थापनका लागि हिमाली क्षेत्रको फोहोर व्यवस्थापनका क्षेत्रमा क्रियाशील संस्था ग्लोबल कन्र्सन सेन्टर अफ नेपाल र मठ मन्दिर, टोल तथा नदी लगायत विभिन्न सामाजिक कार्यमा क्रियाशील एड्मायर नेपालबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा दुवैपक्षले सगरमाथालगायत विभिन्न सातवटा हिमाल र नेपाल बाहिरका छ वटा देशमा पनि विभिन्न हिमालकोे सरसफाई गर्ने र फोहोर संकलन गरी त्यसलाई व्यवस्थित गराउने कार्यमा सहकार्य गर्ने उल्लेख छ ।
सम्झौतापत्रमा एड्मार नेपालका अध्यक्ष नीता पौडेल र ग्लोबल कन्र्सन सेन्टर अफ नेपालका अध्यक्ष पीके शेर्पा तथा वेलकम एड ग्रुपका अध्यक्ष निर्मल राज पौडेलको रोहबरमा वेलकम एड्भरटाइजिङ एन्ड मार्केटिङ प्रालिमा हस्ताक्षर भएको छ ।

यस्ता खालका कार्यक्रम र सहकार्यले हिमालमा रहेको फोहोर मैला व्यवस्थित हुने र स्वच्छ वातावरणको अनुभूति गर्न पाउने र हिउ“ स्वच्छ र सफा भएमा वायुमण्डलमा स्वच्छ हावा बहने कुरा नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष तथा वेलकम एड ग्रुपका अध्यक्ष निर्मल राज पौडेलको भनाइ छ ।