सामसङको नयाँ वर्ष अफर

0
Shares

काठमाडौं, (नेस)
सामसङ कन्जुमर इलेक्ट्रोनिक्सद्वारा नया“ वर्ष २०७६ को उपलक्ष्यमा हर्षमय नया“ वर्ष २०७६ को अफर ल्याएको छ । यस अफरअन्तर्गत सामसङले नया“ वर्षको अवसरमा सामसङका सामानको खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

सामसङको हर्षमय नया“ वर्ष २०७६ को अफरअन्तर्गत ग्राहकले सामसङ टिभीको खरिदमा ३२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ भने रेफ्रिजेरेटरको खरिदमा १३ प्रतिशतसम्मको छुट र सामसङको वासिङ मेसिनहरुको खरिदमा १८ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नुहुने छ ।

न्या“ वर्षको उपलक्ष्यमा प्रस्तुत गरिएको यस अफरअन्तर्गत सामसङ कन्जुमर इलेक्ट्रोनिक्स सामानको खरिद गर्नुहुने ग्राहकलाई लक्की ड्रमा समावेश गरी उपहार प्रदान गरिने छ । प्रथम हुनुहुने भाग्यशाली विजेताले सामसङको ५५ इन्चको कर्भ टिभी, द्वितीय हुनेले ४९ इन्चको कर्भ टिभी, तृतीय हुने विजेताले सामसङको ५ इन १ कन्भर्टेवल रेफ्रिजेरेटर, चौथो हुनेले ८ केजीको फ्रन्टलोड वासिङ मेसिन तथा पा“चौं हुनेलाई २८ लिटरको हट व्लास्टयुक्त सामसङको माइक्रोवेभ ओभन प्रदान गरिने सामसङको आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्स प्रालि तथा त्रिवेणी व्यापार कम्पनीले जनाएका छन् । यो अफर चैत १९ गतेदेखि वैशाख ३१ गतेसम्म लागू हुनेछ ।