औद्योगिक व्यापार मेला शुरु

0
Shares

भक्तपुर,(नेस)
भक्तपुरमा बृहत् औद्योगिक व्यापार मेला शुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले नया“ वर्षको अवसरमा भक्तपुरमा बिहीबारबाट आयोजना गरेको पा“चौ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७५ को उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्दै स्वरोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

नेता नेपालले विदेशी सामग्रीको आयातले गर्दा नेपालको अर्थतन्त्रमा असर पुगेको उल्लेख गर्दै सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता महशुस गरी नेपाली उद्योगलाई प्रवद्र्धन गर्ने कार्य गरिरहेको बताउनुभयो । उहा“ले लगानी सम्मेलनमार्फत सरकारले नेपालमा लगानीलाई आकर्षित गर्ने कार्य गरेको र स्वदेशी तथा विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न आतुर रहेको पाइएको बताउनुभयो ।

उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले भक्तपुरको सल्लाघारीमा शुरु भएको मेलामा मेलामा अटोमोबाइल, अन्तर्राष्ट्रिय खाना महोत्सव, अन्तर्राष्ट्रिय स्टल, विभिन्न ब्राण्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानको स्टल रहने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो ।