सीताराम दूधका उत्पादन भाटभटेनीको नक्साल र महाराजगञ्जमा

0
Shares

 

कठमाडौं, (नेस)
सीताराम दूधले बिहीबारबाट आफ्ना उत्पादन विस्तार गर्दै ७ पु¥याएको छ । यसअघि दूध उत्पादन तथा बिक्री गर्दै आएको सीतारामका अब ७ वटा उत्पादन बजारमा ल्याइएको छ । सुगर फ्रि दही, पनिरलगायतका सबैै उत्पादन अब भाटभटेनी सुपर स्टोर नक्साल र महाराजगन्जमा पाइने भएको छ ।

भाटभटेनीमा एक कार्यक्रम गरेर सीताराम घिउका ब्रान्ड एम्बेसेडर नायिका दीपाश्री निरौलाले सीताराम दूधका उत्पादनको उद्घाटन गर्नुभयो ।
उक्त कार्यक्रममा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले स्वदेशी उत्पादन आफूहरुले राख्न पाउ“दा उत्साही भएको बताउ“दै स्वेदशी उत्पादनलाई आफूहरुले प्राथमिकतामा राखेको बताउनुभयो । उहा“ले मुलुकको समृद्धिका लागि स्वदेशी उत्पादनले सहयोग पु¥याउने बताउ“दै आगामी दिनमा थप उत्पादनका लागि शुभकामना समेत व्यक्त गर्नुभयो ।

सीताराम दूधका अध्यक्ष सुमित केडियाले अब अन्य उत्पादन पनि गर्दै जाने बताउनुभयो । आइसक्रिम लगायतका उत्पादन पनि जाने लक्ष्य रहेको समेत उहा“ले बताउनुभयो ।
केडिया अर्गनाइजेशनको भातृ संस्था सीताराम गोकुल मिल्कस् २०५२ सालमा स्थापना भएको हो ।