विद्यार्थीसँग मोःमोःउत्सव

0
Shares

काठमाडौं, (नेस)
कोका–कोला नेपालको कोका–कोला मोःमोःउत्सव उपभोक्तामाझ चलिरहेको छ । यसैक्रममा कोका–कोला मोःमोःउत्सवका लागि कलेजका विद्यार्थी पनि निकै उत्साहित भएका छन् । टेक्सास इन्टरनेशनल कलेज र गोल्डेनगेट इन्टरनेशनल कलेजका विद्याथीहरुले प्रियंका कार्की र आयुषमान देशराज जोशीसँग मोःमोःउत्सव मनाउने अवसर पाएका छन् ।

प्रियंका र आयुषमान कोक र मःमः पर्फेक्ट जोडी नारा सहितको मोःमोःउत्सवको रौनक बढाउन मित्रपार्कस्थित टेक्सास् इन्टरनेशनल कलेज र राम मन्दिरमार्गस्थित गोल्डेनगेट इन्टरनेशनल कलेज पुगेका हुन् । टेक्सास् इन्टरनेशनल कलेज र गोल्डेनगेट इन्टरनेशनल कलेजमा प्रियंका र आयुषमानले विद्यार्थीस“ग बसेर विभिन्न परिकारको मःम र कोका–कोलाको स्वाद बढाएका छन् । उनीहरुले विद्यार्थीहरुस“ कोका–कोला र मःम खादै, फोटो र सेल्फी खिचेका छन् ।

कोका–कोला नेपालले र विगत चार वर्षदेखि कोका–कोला मोःमोःउत्सव आयोजना गर्दै आएको छ ।