सिटिजन्स बारा पर्सा हुरी पीडित राहत कोषको स्थापना

0
Shares

काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलले बारा र पर्सामा आइतबार सा“झ आएको हावाहुरीबाट भएको जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले सिटिजन्स बारा पर्सा हुरी पीडित राहत कोष २०७५ को स्थापना गरेको छ ।

उक्त राहत कोषमा बैंकले १० लाखको सहयोग जम्मा गर्ने निर्णय गरेको छ । उक्त कोषमार्फत आर्थिक सहयोग गर्न इच्छुक महानुभावहरुले आफूलाई पायक पर्नेे सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शाखा कार्यालयबाट सिटिजन्स बारा पर्सा हुरी पीडित राहतकोष २०७५ को खाता नं ००१०१००००३१६७२०१ मा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त खातामा सहयोग गर्नेको नाम ठेगाना र सहयोग रकम बैंकको वेवसाइट तथा सूचनापाटीमा प्रकाशित गरिनेले जनाएको छ ।