चन्दा आतंक शुरू भएको व्यवसायीको गुनासो

0
Shares

नेपाल समाचारपत्र, बुटवल
बुटवलका उद्योगी व्यवसायीहरुले संघीय, प्रदेश र स्थानीय तहका सरकारलाई व्यवसायमैत्री ऐन कानुन बनाई लगानी र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेका छन् ।

उनीहरुले दुई तिहाईको स्थिर सरकार बनेपछि मुलुकमा लगानीको वातावरण बन्ने अपेक्षा गरिए पनि सरकारले लगानीको वातावरण बनाउन तथा भएको लगानीको समेत सुरक्षा गर्न चासो नदेखाएको आरोप लगाएका छन् ।
बुटवल उद्योग बाणिज्य संघको २६औं सल्लाहकार सभामा बोल्ने उद्योगी व्यवसायीले व्यावसायिक विकासका लागि लगानी सुरक्षा पहिलो सर्त भएको बताएका हुन् ।

नया“ संविधान निर्माण भई स्थायी सरकार बनिसकेपछि पनि व्यवसायमैत्री वातावरण बन्न नसकेको बताउ“दै राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीका लागि सुरक्षा पहिलो आधार हुने बताएका छन् ।

उनीहरुले राजनीतिक मुद्दालाई राजनीतिक रुपमा वार्ताबाट समाधान गर्न सरकारलाई सुझाव दि“दै विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर मुलुकलाई द्वन्द्वमा धकल्नुभन्दा वार्ताबाट समाधान गर्न आग्रह गरेका छन् ।
व्यवसायीले विप्लव समूहलाई प्रतिबन्ध लगाउ“दा बजारमा चन्दा र सहयोगको आतंक शुरु हुन लागेको समेत बताएका छन् ।

व्यवसायीले प्रदेश नम्वर ५ को प्रदेश सरकार र प्रदेशसभालाई बुटवललाई प्रदेशको स्थायी राजधानी घोषणा गरी प्रदेश समृद्धिका लागि दिगो विकासका योजना अघि सार्न आग्रह गरेका छन् ।

सल्लाहकार सभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष गुणनिधि तिवारीले सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएस“ंगै फेरि चन्दा आतंक शुरु भएको उल्लेख गर्नुभयो । उहा“ले दुई तिहाईको स्थिर सरकार हु“दा पनि मुलुकमा लगानी आकर्षण गर्न नसक्नु र भएका लगानीको समेत सुरक्षा गर्न नसक्नुले मलुकको दिगो विकासमा प्रभाव पार्ने उल्लेख गर्नुभयो ।

पा“च नम्बर प्रदेशमा लगानीका प्रयाप्त सम्भावना रहेको र सरकारले लगानीका वातावरण बनाउने तथा लगानी सुरक्षामा प्रतिबद्ध हुने हो भने निजी क्षेत्रले गर्नुपर्ने भूमिकामा पछि नपर्ने उहा“ले बताउनुभयो ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले नवीकरण नभएका व्यावसायिक फर्म नवीकरण गर्ने विषयमा उद्योगमन्त्री मातृकाप्रसाद यादवले पहिले नै प्रतिबद्धता गरे पनि अहिलेसम्म कार्यान्वयन नगर्दा समस्या भएको बताउनुभयो ।

उहा“ले खुला अर्थ व्यवस्था भएको मुलुकमा सरकारले नियन्त्रित अर्थ व्यवस्था अबलम्बन गर्न खोजेकाले मुलुकमा लगानी आकर्षण हुन नसकेको बताउनुभयो ।

संघका अध्यक्ष खिमबहादुर हमालले मुलुकमा लगानीको वातावरण नहु“दा निजी क्षेत्र पर्ख र हेरको अवस्थामा रहेको बताउनुभयो । पूर्वाधार, विकासका संरचना, बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय स्तरको बुटवल सम्मेलन केन्द्र लगायतका कारण प्रदेशको राजधानी बुटवल बनाउन पनि उहा“ले माग गर्नुभयो ।