सिप्रदीयन र टाटा ट्रस्ट विद्यालय भवन हस्तान्तरण

0
Shares

काठमाडौं, (नेस)
नेपालका लागि टाटा मोटर्सको आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले टाटा ट्रस्ट र टाटा कम्युनिटी इनिसियटिभ ट्रस्टको वित्तीय सहयोगमा वलेफी गाउ“पालिका ४ स्थित सिन्धुपाल्चोकमा नवनिर्मित विद्यालय हस्तान्तरण गरेको छ ।

जालपादेवी माध्यमिक विद्यालयको उक्त नवनिर्मित भवन अत्याधुनिक भूकम्प प्रतिरोधी तथा अपांगमैत्री रहेको छ । १२ कोठे उक्त भवनमा पुस्तकालय, विज्ञान प्रयोगशाला, अपांगमैत्री शौचालय र स्वच्छ खानेपानीको व्यवस्थासमेत गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा सिप्रदीयन सहायता संस्थाका उपाध्यक्ष शम्भुप्रसाद दाहाल, सिप्रदीका सीईआ राजनबाबु श्रेष्ठ, सीओओ राजेशप्रसाद गिरी, उपाध्यक्ष सौरभ थपलियालगायतको उपस्थिमा थियो ।

सो पुनर्निर्मित विद्यालयमा १२ वटा कक्ष, शौचालय, कम्प्युटर प्रयोगशाला तथा अन्य सुविधा उपलब्ध रहेका छन् ।

टाटा ट्रष्ट र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा नेपाल अर्थक्युयिक रिह्याविटेसन इनिसिएटिभको समन्वयमा सातवटा विद्यालय र स्वास्थ्य चौकी पुनर्निर्माणमा सहयोग गर्दै आइरहेको छ । श्री शारदा उच्च माध्यमिक विद्यालय र श्री जालपादेवी माध्यमिक बिद्यालय निर्माण सम्पन्न भइसकेको छ भने श्री कुपकन्या माध्यमिक विद्यालय, श्री मार्मिङ आधारभुत विद्यालय, श्री तपिनारायण आधारभुत विद्यालय, श्री जनज्योति आधारभुत विद्यालय, र पुल्पिङकट्टी स्वास्थ्यचौकिको पुनर्निर्माण अन्तिम चरणमा पुगिसकेको छ ।