भ्रमण वर्ष लक्षित एभरेष्ट बैंकको क्यालेन्डर

0
Shares

काठमाडौं, (नेस)
एभरेष्ट बैंकले नया“ वर्ष २०७६ सालको क्यालेन्डर विमोचन गरेको छ । क्यालेन्डर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा विमोचन भएको थियो । एभरेष्ट बैंकले ग्राहकलाई २५औं वर्षसम्मको निरन्तर सेवा पु¥याएको परिप्रेक्षमा सरकारको भिजिट नेपाल २०२० भन्ने मुल नारालाई आत्मसाथ गर्दै अतिथि देवो भवः भन्ने भावका साथ नया“ वर्ष २०७६ को क्यालेन्डर ग्राहक समक्ष ल्याएको बैंकले जनाएको छ ।

बैंकले ल्याएको क्यालेन्डरमा नेपालभित्रका ३६ वटा विभिन्न पयर्टकीय गन्तव्यलाई समावेश गरिएको छ । क्यालेन्डरमार्पmत नेपाललाई आन्तरिक एवं अन्तर्राष्ट्रिय पर्यटकको एउटा प्रमूख गन्तव्यको रुपमा चिनाउने बैंकको उद्देश्य रहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठद्वारा बैंकका अन्य उच्च अधिकृको उपस्थितिमा संयुक्त रुपमा उक्त क्यालेनडरको विमोचन भएको थियो ।

एभरेष्ट बैंकको ग्राहकहरुको संख्या १० लाखभन्दा बढी रहेको छ। बैंकले हाल ९४ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र ११६ एटीएममार्फत बैंकिङट सेवा प्रदान गर्दै आएको छ ।