हिमालय ऊर्जाको शेयरमा दोस्रो दिनमै करिब डेढ गुणा आवेदन

0
Shares

काठमाडौं, (नेस)
हिमालय ऊर्जा विकास कम्पनीले जारी गरेको शेयरमा निष्काशन भएको दोस्र्रो दिनमै मागभएभन्दा १ दशमलव २५ गुणा बढी शेयर भएको छ ।

कम्पनीले १४ लाख ८५ हजार कित्ता साधारण शेयरमध्ये कर्मचारीलाई छुट्याइएको ३ प्रतिशत अर्थात ४४ हजार ५५० र सामूहिक लगानी कोषलाई बा“डफा“ड गरिएको ५ प्रतिशत अर्थात ७४ हजार २५० कित्ताबाहेक बा“की रहेको १३ लाख ६६ हजार २०० कित्ता साधारण शेयर चैत २० गतेबाट सर्वसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरेको थियो
कम्पनीका प्रबन्धक प्रकाश दुलालका अनुसार पहिलो दिनको २१ हजार ५८० जना आवेदकले १६ लाख ७० हजार ९ सय कित्ता शेयरको लागि १६ करोड ७० लाख ९० हजार रकम आवेदन गरेका थिए ।

अहिले बजारमा आएका जलविद्युत् कम्पनीको शेयरमध्ये प्रतिमेगावाट लागत कम भएका कारण लगानीकर्ताहरुको उत्साहजनक सहभागिता रहेको दुलालको दाबी छ ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ति र ७ मेगावाटको अपर खिम्ति दोस्रो गरी कुल १९ मेगावाटका आयोजनाहरु निर्माण गरिरहेको छ । विवरणपत्रमा उल्लेख भएअनुसार १९ मेगावाट निर्माण गर्नको लागि लागत करिब ३ अर्ब १५ करोड रहेको छ । जसअनुसार प्रतिमेगावाट लागत करिब १६ करोड ५६ लाख मात्रै रहेको छ । दुवै आयोजना असार मसान्तमा सम्पन्न हुने बताइएको छ ।