घूस लिएको आरोपमा प्रहरी जवान लोहार पक्राउ

0
Shares

काठमाडौँ ।
प्रहरीले घूस लिएको आरोपमा प्रहरी जवान गणेश लोहारलाई पक्राउ गरेकाे छ । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँले आवश्यक कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको हो ।

सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनलाई महानगरीय प्रहरीवृत्त, कालीमाटीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

महानगरीय दङ्गा नियन्त्रण गण त्रिपुरेश्वरमा दरबन्दी भई वैदेशिक रोजगार विभाग कार्यालय, ताहचलमा खटिएका लोहारले साउदी अरेबियाका लागि श्रम स्वीकृति लिने सिलसिलामा सेवाग्राहीसँग १७ हजार घुस लिएका थिए ।
यसबारे थप अनुसन्धान भईरहेको छ ।