विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ

0
Shares

सुरुङ्गा ।
नेत्रविक्रम चन्द समूहका दुई कार्यकर्ता झापाको बिर्तामोडबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलाम जिल्ला सेक्रेटरी दीपेन राई र अर्का कार्यकर्ता होम खतिवडा रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीको विशेष टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिनुभयो । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस