प्राङ्गारिक कृषि उपज प्रदर्शनी शुरु

0
Shares

दिपेन्द्र शर्मा, सुर्खेत ।
कर्णाली प्रदेश स्तरिय प्राङ्गारीक कृषि उपज प्रदर्शनी मेला पहिलो पटक शुरु भएको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मूल नारासहित ६२ औं राष्ट्रिय सहकारी दिवस एबम प्रथम कर्णाली प्रदेश स्तरिय प्राङ्गारीक कृषि उपज प्रदर्शनी मेला कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज देखि सुरु भएको हो ।

प्रर्दशनी मेलालाई उद्घाटन गर्दै कर्णाली प्रदेशसभाका सभामुख राजवहादुर शाहीले शुखि नेपाली ,समृद्ध नेपालको सार्थकतालाई ब्यापक वनाउन सहकारीको भुमिका महत्वपुर्ण हुने वताउनुभएको छ । समाज परिवर्तनको आन्दोलनमा सहकारीको योगदान महत्वपुर्ण भएकाले सहकारी मार्फत मात्रै राष्ट्रको समृद्धी हासील हुने उहाँले वताउनुभयो । कार्यक्रममा वोल्दै सभामुख शाहीले सहकारी आन्दोलनबाट मात्रै नेपालको समृद्धि सम्भव रहेको धारणा ब्यक्त गर्नुभयो । सभामुख शाहीले ३ खर्बभन्दा बढी निक्षेपलाई प्रभावकारी परिचालन गरे मात्रै देशलाइ समृद्ध वनाउन मद्दत पुग्ने वताउनुभयो ।

महिलाले सञ्चालन गरेका सहकारीहरु ९१ प्रतिशत सफल भएको उल्लेख गर्दै सभामुख शाहीले महिला सहकारी,समूहले राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको धारणा ब्यक्त गर्नुभयो । सभामुख शाहीले कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्न्त्रालयले प्रदेशलाई अर्गानिक प्रदेश बनाउने साहसिक अभियान चलाएकोमा धन्यवाद समेत दिनुभयो ।

मेलालाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीका नागरिकको भान्सामा बिष पाक्ने गरेको गरेको भन्दै यसलाई नित्साहित गर्न प्रदेश सरकारले अर्गानिक प्रदेशको आधार निमार्णको अभियान संचालन गरेको वताउनुभयो । “कर्णालीका नागरिकको भान्सामा बिष पाक्दा हामी स्वस्थ बन्न सक्तैनौं, बिष रोक्न तर्फ हामी सबै लागौं, अर्गानिक उत्पादन बढाई स्वस्थ बनौं ” उहाँले भन्नुभयो । जव सम्म नागरिकहरु स्वस्थ हुदैनन तव सम्म सरकार पनि स्वस्थ नहुने भन्दै मन्त्री भण्डारीले अर्गानिक उत्पादन बढाएर स्वस्थ्य समाज निर्माण गर्नुपर्ने वताउनुभयो ।

कर्णाली प्रदेशलाई बढी बाँच्न आश जगाउने प्रदेश, लामो आयू बनाउने प्रदेश, अर्गानिक उत्पादन खान पाईने प्रदेशको रुपमा विकास गर्न सबै सहकारी तथा आम जनता लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा वोल्दै सरकारका प्रवक्ता एवम भुमि ब्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीको अर्गानिक उत्पादनलाई प्रोत्साहन,ब्यवसायिकरण र वजारीकरण गर्न पहिलो पटक प्रदेश स्तरीय प्रर्दशनी गरिएको वताउनुभयो । छरीएर रहेको पुजिलाई एकिकृत गरेर मात्र समाजको गरिवी अन्त्य हुने भन्दै मन्त्रीकेसीले सहकारी मार्फत ग्रामिण इलाकामा लगानी गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

प्रदर्शनी मेलाको उद्घाटन सत्रमा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल, उद्योग, वन पर्यटन तथा वातावरणमन्त्री नन्दसिंह बुढा लगायतका बक्ताहरुले पनि कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउन खास चुनौतिहरु नभएको भन्दै यो अभियानमा सबैको साथ सहयोगको खाँचो रहेको औंल्याउनु भयो ।

जिल्ला सहकारी संघ सुर्खेतको आयोजना, कर्णाली प्रदेशको भूमी ब्यबस्था तथा सहकारी मन्त्रालयको सहयोग तथा समन्वयमा सञ्चालित प्रदर्शनी २२ गते सम्म सञ्चालन हुने भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अर्थविज्ञ अनुप तिवारीले जानकारी दिनुभयो ।

तिवारीका अनुसार प्रदर्शनीमा कर्णालीका अर्गानिक उत्पादनहरुको ५० वटा विक्रि स्टलहरु राखीएको छ । कार्यक्रमको विचमा सन्देशमुलक लोकदोहारी गितको प्रतियोगिता, अर्गानिक कृषि सम्बन्धीका नाटकहरुको प्रर्दशन गरिने तिवारीले जानकारी दिनुभयो । प्रर्दशनीमा सहभागी सहकारीलाई उनिहरुको वस्तुको उत्पादन प्रदर्शनी मुल्याङन गरि प्रोत्साहन स्वरुप पुरस्कृत गरिने उहाले वताउनुभयो ।