६२औं राष्ट्रिय सहकारी दिवसमा पाँचताराको रक्तदान कार्यक्रम

0
Shares

काठमाडौँ ।
बचत तथा ऋण सहकारी संस्थाले वृहत्त रक्तदान कार्यक्रम आयोजना गरेको छ । ६२ औं राष्ट्रिय सहकारी दिवस तथा संस्थाको एघारौं वार्षिकोत्सवको अवसर पारेर रक्तदान गरिएको हो । संस्थाको आयोजना तथा ब्लड डोनर्स एसोसिएसन नेपाल र काठमाण्डौ जिल्ला बचत तथा ऋण सहकारी संघ९कास्कुनको० संयोजनमा रक्तदान कार्यक्रम भएको हो ।

व्लड डोनर्स एशोसिएसन नेपाल९ब्लोदान०का केन्द्रिय अध्यक्ष सानु प्रजापतिको प्रमुुख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष प्रजापतिले रगतको विकल्पमा अन्य कुनै तत्व नभएकाले रगतको श्रोत मानव नै रहेको बताए ।

वैज्ञानिकहरुले पनि रगतको विकल्पमा अहिलेसम्म कुनै तत्व पत्ता नलगाएकाले यसको पूर्ति मानिसले नै गर्नु पर्ने भएकाले सबैजनालाई रक्तदान गर्न उनले अपील गरे । विगत ३ दशकदेखि ब्लोदानले रक्तदानका लागि आव्हान गर्दै हिँडेको र रगतको अभावले बिरामीको अकालमा ज्यान नजाओस् भन्ने मूल उद्देश्य रहेको उनले बताए । उनले हरेक सहकारीसँग सहकार्य गरेर अगाडि बढ्ने योजना अनुरुप हरेक बुधबार काठमाण्डौमा रक्तदानको आयोजना गर्ने पनि जानकारी दिए ।

ब्लोदान काठमाण्डौ पूर्वी भेगीय अध्यक्ष रवि रिमालले एक जनाले गरेको रक्तदानबाट ३ जनाको जीवन बचाउन सकिने हुँदा सबैलाई रक्तदानका सहभागि हुन आव्हान गरे । आफूले ५५ पटकभन्दा बढी रक्तदान गरिसकेकाले रक्तदान गर्दा स्वास्थ्यमा कुनै असर नपर्नेमा ढुक्क हुन उनले सुझाए ।

काठमाण्डौ पूर्वी भेगिय क्षेत्रका सहकारी संयोजक नेत्र धितालले रगत दानबाट शरीरमा कुनै असर आफूले कम्तीमा सय पटक रक्तदान गर्ने योजना बनाएकाले अरुहरुलाई पनि रक्तदान गर्न आव्हान गरे ।

रगत सेवा समाजका गोपाल तामाङले मानव जीवनमा सबैभन्दा ठूलो धर्म नै रक्तदान भएको बताउँदै रक्तदानको महत्वका बारेमा आफ्ना विचार राखेका थिए ।

कार्यक्रममा गौतम बुद्ध लायन्स क्लब ३२५ ए १, नेफ्स्कुनका कर्मचारी, पुष्कर साकोस र त्यस भेगका विभिन्न संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

रक्तदाताहरुलाई उत्प्रेरणा जगाउन रक्तदान गर्नेहरुलाई प्रमाणपत्र र टिसर्टको समेत व्यवस्था गरेको संस्थाकी व्यवस्थापक राधा कडरियाले वताइन् ।

कार्यक्रममा १४६ जनाले रक्तदान गरेको संस्थाकी व्यवस्थापक कडरियाले जानकारी दिइन् । हरेक वर्ष रक्तदान गर्नेहरुको संख्या वढिरहेको उनले जानकारी बताइन् । संस्थाले पाँच पटक रक्तदान गर्ने रक्तदातालाई चाँदीको सिक्का उपहार दिँदै आएको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विगत ९ वर्षदेखि हरेक साल चैत्र २० गते नियमितरुपमा रक्तदान कार्यक्रम गर्दै आएको अध्यक्ष भोलानाथ पाठकले बताए । अहिले पनि रगतको अभावमा कतिपय घाइते, सुत्केरी र विमारीको अकालमै मृत्यु हुने गरेकाले मानवीय सहायता पु¥याउने उद्देश्यले संस्थाले हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्ने गरेको उनले जानकारी दिए । रक्तदान सम्वन्धी जनचेतनाको व्यापक वृद्धि गरी वर्तमान समयमा देखिएको रगतको अभावलाई परिपूर्ति गर्न सवै संघसंस्था, क्षेत्र र समुदाय लाग्नुपर्नेमा अध्यक्ष पाठकको जोड छ ।

ब्लोदानका केन्द्रिय सदस्य समेत रहेका पाठकले कास्कुनसँगको संयोजनमा हरेक बुधबार काठमाण्डौका विभिन्न स्थानमा रक्तदान गर्ने सम्बन्धमा सम्झौता भएको बताए । जस अन्तर्गत कास्कुनमा आवद्ध प्रारम्भिक संस्थाहरुको आयोजनाम ब्लोदान र कास्कुनले ती कार्यक्रमलाई निरन्तरता दिनेछन् । प्रायजशो संस्थाले शनिवार मात्रै रक्तदान गर्ने गरेकाले अन्य दिनमा रगतको आपूर्ति कम हुन गएकाले साताको मध्य पारेर रक्तदान गर्न लागिएको र पाँचतारा साकोसबाट यसको शूरुवात गरिएको उनले जानकारी दिए ।