हावाहुरी प्रभावित क्षेत्रमा महिला संघद्वारा राहत वितरण

0
Shares

बारा ।
सशस्त्र प्रहरी परिवार महिला संघले बुधबार बारा जिल्लाको फेटा गाँउपालिका ६ पुरैनिया गाउँमा राहत सामाग्री वितरण गरेको छ । सो संघले त्यस ठाउँमा आएको भिषण हावाहुरीबाट पीडित परिवारहरुलाई राहत सामाग्री वितरण गरेको हो ।

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनाल लगाएत सो संघका पदाधिकारीहरुले त्यस ठाउँमा पुगेर पीडित परिवारलाई ब्ल्याङकेट, झुल तथा चाउचाउ लगाएतका सामाग्री वितरण गर्नुभयो ।

राहत वितरण कार्यमा अध्यक्ष खनालसँगै सो संघका पदाधिकारीहरु प्रेमा लामा श्रेष्ठ, सरस्वती पाण्डे, अन्ना श्रेष्ठ, लक्ष्मी पोखरेल, शिला मल्ल, प्रार्थना के.सी., प्रतिभा हमाल लगाएत संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

फेटा गाँउपालिकाका अध्यक्ष अमिरलाल प्रसाद तथा सोही वडाका वडाध्यक्ष दकिर हुसेनको समेत उपस्थिति रहेको उक्त राहत वितरण कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रबिण श्रेष्ठ लगाएत सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।