चार थान हतियार प्रहरीको जिम्मा

0
Shares

नवलपरासी ।
हात हतियार तथा खरखजना बुझाउने पैतिस दिने नेपाल सरकारको सूचनाको प्रभाव पश्चिम नवलपरासीमा बुधबार सम्म चार थान हतियार नेपाल प्रहरीको हात लागेको छ ।

नेपाल सरकार गृह मन्त्रालयबाट चैत १ गते जारी ३५ दिने सूचना अनुसार नवलपरासीका विभिन्न स्थानबाट प्रहरीमा बुझाईएका हातहतियारमा हाल सम्म ०.२२ बोर राईफल १ र त्यसमा लाग्ने २१ ओटा गोली रहेको छ ।

त्यसै गरी बाह्र बोरको बृज लोडिंग राईफल १, बाह्रबोरको सर्टगन १ र दुईनाले बाह्रबोर राईफल १ सम्वन्धित ब्यक्तिले प्रहरीमा बुझाएकाहुन् ।

नेकपा माओबादी विप्लव समूह माथिको प्रतिबन्ध संगै सरकारले प्रहरी वा सेनालाई बुझाउने गरी नविकरण नगरिएका र देश भित्र जो कसै संग रहेका हात हतियार तथा खरखजना संकलनमा जोड दिएको छ ।