बिल नभएका ४० लाखको कपडा बरामद

0
Shares

बारा ।
प्रहरी बिल नभएको करिब ४० लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ । प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका(७ स्थित सडकबाट कपडासहित पर्सा सखुवा प्रसौनी गाउँपालिका(८ बस्ने ३२ वर्षीय सरोज पटेललाई बुधबार बिहान पक्राउ गरेको छ ।

सोही ठाउँस्थित ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले ना५ख ७९८४ नम्बरको ट्रक जाँच गर्ने क्रममा उक्त कपडा फेला पारी ट्रक सहित चालक सरोजलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।