विदेश पठाउने भन्दै ठगी गर्ने एक महिला पक्राउ

0
Shares

काठमाडौं ।
प्रहरीले भिजिट भिषामा वैदेशिक रोजगारको लागि मानिस पठाउने भनि रकम ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं- २६ सामाखुसी बस्ने भोजपुर हतुवागढी गाउँपालिका(९ की ३४ वर्षीया बिमला थापा रहेकी छिन् ।

उनलाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले गौशालाबाट सोमबार पक्राउ गरेको हो ।
काठमाडौंको पिंगलास्थानस्थित कम्पास रिक्रुटमेण्ट मेनपावर कम्पनीमा काम गर्ने बिमलाले धनुषा मिथिला बिहारी नगरपालिका(२ बस्ने मोहम्मद राईन र सोही ठाउँ बस्ने सबिर राईनलाई वर्किङ भिषामा दुबई पठाई दिने भनि बिश्वास दिलाई ४ लाख ४० हजार रुपैयाँ लिएर चैत ११ गते अन्तर्राष्ट्रिय बिमानस्थल बोलाई दुबई पठाउन लागेकोमा अध्यागमन बिभागले उनीहरुलाई फिर्ता गरेको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।