काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका विभिन्न अंगहरुलाई विवादमा ल्याउने प्रयास गरेको भन्दै असन्तुष्टि जनाएकी छिन् । न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्टपति भण्डारीले यस्तो असुन्तष्टि जनाउकी हुन् ।
राज्यका विभिन्न निकायप्रति जनतामा दीग्भ्रमित बनाउने प्रयास भइरहेको राष्ट्रपति भण्डारीले बताएकी हुन् । उनका अनुसार कुनै व्यक्तिको आचरण र व्यवहारलाई जोडेर समग्र संस्थाको विश्वसनियता र मानमर्यादामा ह्रास आउने गरी विवादित बनाउने प्रयासलाई समयमै पहिचान गरी निरुत्साहित गर्न जरुरी छ ।











प्रतिक्रिया