हावाहुरी पीडितलाई प्रतिवद्धताको ओइरो, पीडितलाई राहतको खाँचो

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
बारा र पर्सामा आइतबार आएको हावाहुरीले व्यापक जनधनको क्षति अवस्था बुझ्न मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उद्योगमन्त्री मातृका यादव आएका छन् ।

यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री उपेन्द्र यादव, काँग्रेस उपसभापति विमलेन्द्र निधिलगायत आएका थिए । जनमत पार्टीका अध्यक्ष सीके राउत पनि आएका छन् ।मंगलबार वीरगन्ज स्थित नारायणी अस्पतालमा पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले फेटा गाउँपालिका पुगेर कांग्रेसको तर्फबाट २५ लाख रुपैया सहयोग गर्ने घोषणा गरे । त्यस्तै वीरगंज स्थित नारायणी अस्पतालमा पुगेका अध्यक्ष प्रचण्डले हावाहुरीबाट घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझेका थिए ।

त्यसपछि प्रचण्डले पीडितको अवस्थाबारे जानकारी लिन बाराको फेटा, भलुही, भरवलीया र पुरैनीया लगायतका गाउँमा पुगेका उनले मृतक परिवारलाई पार्टीको तर्फबाट ५ लाख दिने घोषणा गरे । यस्तै राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, अनिल झा, शरतसिंह भण्डारी लगायतका नेताहरु समेत स्थलमा पुगेर पीडितलाई भेटेका छन् । त्यस्तै प्रदेश नम्बर २ का सभामुख सरोजकुमार यादवले समेत घाइतेका साथै मृतकका परिवारसँग भेटघाट गरेका छन् । त्यस्तै वीरगंज स्थित नारायणी अस्पतालमा पुगेका पूर्वप्रधानमन्त्री माधबकुमार नेपाल हावाहुरीबाट घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझेका थिए ।

हालसम्म काँग्रेस संघीय सांसद– २ दिनको तलव,नेकपाका संघीय सांसद– १ दिनको तलव,राजपा नेपाल– ५ लाख,प्रदेश ३ सरकार– १ करोड,प्रदेश २ सरकार– मृतकका परिवारलाई ३ लाख,शेरबहादुर देउवा– २५ लाख,डा. बाबुराम भटट्राई– १५ दिनको तलव,विमलेन्द्र निधीसहित काँग्रेस प्रदेश २ का सांसद–१० लाख,एकनाथ ढकाल–५० लाख,रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा– सोमबार मात्रै २ लाख बढि वितरण,पुष्पकमल दाहाल प्रचण्ड – ५ लाख,वीरगञ्ज उद्योग वाणिज्य सङ्घ – ५ लाख,के.एन.पी. पेन्ट्स प्रा.लि.– १ लाख,मोहित एग्रो इण्ड प्रा.लि. २५ हजार, नेपाल उद्योग वाणिज्य महासंघ – ५० लाख प्रतिबद्धता जनाएका छन् । यदपी यसको कार्यान्वयन नभएसम्म पीडितहरुले राहत पाउन समस्या हुने पीडितका आफन्तहरुले बताएका छन् । प्रतिबद्धता आएपनि तत्काल पीडितहरुलाई सहयोगको आवश्यक रहेको बाराका सामाजिक अभियान्ता राजेश रौनियारले बताए ।