बागलुुङमा बेरोजगारको तथ्याङ्क सङ्कलन शुुरु

0
Shares

बागलुुङ ।
बागलुुङको ८ स्थानिय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बेरोजगारको तथ्याङ्क सङ्कलन शुुरु भएको छ । दुुई स्थानिय तहमा भने रोजगार संयोजक नुहँदा तथ्याङ्क सङ्कलन हुुन सकेको छैन ।

नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बागलुुङको बागलुुङ नगरपालिका, गलकोट नगरपालिका ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बरेङ गाउँपालिकामा बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु भएको हो ।

बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिका भने रोजगार संयोजक खटाउन नसक्दा तथ्याङ्क शुुरु हुुन नसकेको बडिगाड गाउँपालिकाका प्रशासकिय अधिकृत प्रदीप चन्द्र सुुवेदीले जानकारी दिए । बडिगाड र निसीखोला बाहेक अन्य स्थानिय तहको सबै वडो कार्यालयमा निवेदन पठाएर बेरोजगार हुुनेको तथ्याङ्क सङ्कलन शुुरु गरिएको गलकोट नगरपालिकाका रोजगार संयोजक सञ्जुु शर्माले जानकारी दिए ।

ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुुषाल चैत मसान्तसम्म बेरोजगारहरुले वडा कार्यालयमा पुगेर निवेदन फारम भर्न पाउने जानकारी दिए । वडाबाट आएका सूची गाउँ कार्यपालिकाले पास गरेपछि रोजगार व्यवस्थापन सूचना प्रणालीमार्फत सम्बन्धित मन्त्रालयको सर्भरमा अद्यावधिक हुने व्यवस्था छ ।

सूचीकृत भएका व्यक्तिलाई सेवा केन्द्रले लाभग्राहीको परिचयपत्र वितरण गर्ने गलकोट नगरपालिकाका रोजगार संयोजक सञ्जुु शर्माले बताए । प्रत्येक वडा कार्यालयमार्फत सङ्कलन भएका बेरोजगार हुनेको विवरण देशभरिबाट नै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको विभागमा अद्यावधिक हुनेछ ।

बेरोजगार सूचीमा दर्ता हुनआएका व्यक्तिलाई योग्यता, सीप, दक्षता अनुसार सामाजिक विकास निर्माणको कार्यमा खटाउने सरकारको योजना छ । न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिले तोकिएको ढाँचामा निवेदन दिन सक्नेछन् । रोजगारीको हकसम्बन्धी ऐन, २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम सय दिनको रोजगारी पाउन सक्नेछन् । कार्यक्रममा सहभागी हुनका लागि सय दिन पनि रोजगारमा संलग्न नभएको वा कम्तीमा त्यस अनुरुपको आयआर्जन गर्न नसक्ने १८ देखि ५९ वर्षसम्म उमेर समूहकाले फारम भर्न सक्नेछन् ।

लाभग्राहीको परिचयपत्र पाएका तर न्यूनतम कामसमेत नपाएका व्यक्तिलाई जीवन निर्वाह भत्ता सरकारले उपलब्ध गराउनेछ । परिवारको कुनै एक सदस्यले न्यूनतम रोजगारी नपाएमा भत्ता दावी गर्न सक्नेछन् । त्यस्ता बेरोजगारलाई न्यूनतम सय दिनको प्राप्त हुन आउने पारिश्रमिकबापतको ५० प्रतिशत रकम उपलब्ध गराउने सरकारको योजना छ ।

परिवारको कुनै एक सदस्य वैदेशिक रोजगारीमा भएको खण्डमा भने निर्वाह भत्ता दावी गर्न पाइने छैन ।