समाचार लखेको भन्दै पत्रकारकी छोरी अपहरण

0
Shares

यमलाल भुसाल, बुटवल ।
आफुनो विरोधमा समाचार लेखेको भन्दै रुपन्देहीका एक पत्रकारकी छोरी गोरू तस्करहरूले अपहरण गरि १० घण्टा पछि छाडिदिएका छन् ।
अपहरणमा परेकी पत्रकार विन्दुकुमार चौहानकी छोरी ममता चौहानलाई १० घण्टापछि नेपाल भारत सिमा क्षेत्रमा हात खुट्टा बाँधेर छाडिएको अवस्थामा फेलापारिएको पत्रकार चौहानले बताउनु भयो ।

यसै बिच नेपाल पत्रकार महासंघ रुपन्देहीले संघका सदस्य विन्दुकुमार चौहानको छोरी ममता चौहानको अपहरणप्रति घोर भ्रत्सर्ना गरेको छ ।

रुपन्देहीको सांस्कृतिक नगरपालिका १० स्थित घरबाट चैत १९ गते मंगलवार राती अपहरित ममता २० गते नेपाल भारत सीमा क्षेत्रमा भेटिएको पत्रकार चौहानले जनाएका छन् ।

अपाङ रहेकी छोरीलाई अपहरण गर्नु आफूले केही समयअघि गोरु तस्करका विषयमा लेखेको समाचारबाट आफूलाई मार्ने धम्की दिने समूह नै हुनसक्ने चौहानले बताएका छन् ।

पत्रकार महासंघ अध्यक्ष यानेन्द्र जीसी तथा सचिव रामप्रसाद आचार्यद्धारा जारी प्रेस विज्ञप्तीमा समाचार लेखेकै आधारमा पत्रकारमाथि धम्की तथा परिवारमाथिको तनावलाई स्थानीय प्रशासनले गम्भीर ढंगले लिनुपर्ने उल्लेख गरिएको छ ।

प्रकाशित समाचारका विषयमा चित्त नबुझे कानुनी रुपमा समाधान गर्नुको सट्टा यसरी दिइने धम्कीले समस्या समाधान नहुने भएको र अपराधीलाई यथाशक्य छिटो कानुनी दायरामा ल्याउन प्रशासनलाई आग्रह गरिएको छ ।