नेकपा पर्वतको एकता पाँच पालिकामा टुंगियो

0
Shares

नेपाल समाचारपत्र, पर्वत
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पर्वतले स्थानिय तहमा पार्टी एकतालाई तीब्र बनाएको छ ।
नेकपा पर्वतले जिल्लाका दुई नगरपालिका सहित पाँच वटा पालिकामा पार्टी एकता टुंगो लगाएको हो ।

नेकपा पर्वतले कुस्मा र फलेबास नगरपालिका, महाशिला र जलजला गाउँपालिकामा एकता टुंगो लगाएको छ भने मोदी गाउँपालिकामा संयन्त्रले सर्वसम्मत निर्णय गरेपनि नेतृत्व प्रति असहमति राखेर लिखित निवेदन समेत परेका कारण जिल्लामा नै निर्णय र निबेदन पठाएको छ । पैंयु गाउँपालिकामा र बिहादीमा बिहीबार टुंगो लाग्ने भएको छ । वडा तह सम्मका एकता पनि चैत्र २४ गते भित्र सक्ने गरि तयारी भएको नेकपाका केन्द्रिय सदस्य गुप्तबहादुर हमालले जानकारी दिए ।

पर्वतका सात पालिका मध्ये ४ वटामा पुर्व एमाले तथा ३ वटामा पुर्ब माओबादीले नेतृत्व गर्ने सहमति भएको छ । चैत्र २४ गते सम्म वडा तहमा समेत एकता टुंगो लाग्ने बताइएको छ । मोदी गाउँमापलिकामा पुर्ब एमालेलाई ५ वटा वडा र पुर्ब माओबादीलाई ३ वटा वडामा नेतृत्व दिइने भएको छ भने जलजलामा पुर्ब एमालेलाई ५ वटा वडा र पुर्ब माओबादीलाई ४ वडामा नेतृत्व दिने सहमति भएको छ ।

लामो समय सम्म पार्टी एकता नहुँदा पार्टीका गतिबिधी सुस्त थिए भने तल्ला कमिटीका गतिबिधी नहुँदा पार्टीको उपस्थिति र सरकार माथिको आक्रमणको प्रतिबाद समेत हुन सकेको थिएन । वडा तह सम्म नै एकता टुंगो लागेपछि पार्टी कामले गति लिने बिश्वास केन्द्रिय सदस्य हमालको छ । ‘अब सबै तहमा एकता टुंगो लाग्दा पार्टी काममा गति पैदा हुन्छ’ हमालले भने ‘अहिले सम्म सयन्त्रका नाममा भैरहेको ढिलासुस्ती सबै हटेर जानेछ’
समाप्त चैत्र २०