नेपाल समाचारपत्र, पोखरा
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको आसन्न महाधिवेशनका लागि डिष्ट्रिक्ट गभर्नर पदमा लायन्स क्लब अफ काठमाण्डौ भृकुटीका पुर्व अध्यक्ष ईन्दु लम्सालले उम्मेदवारी प्रस्तुत गरेकी छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच लम्सालले लायन वर्ष २०१९÷२० का लागि डिष्ट्रिक्ट गभर्नर पदमा उम्मेदवारी प्रस्तुत गरेकी हुन् ।
लम्साल लायन वर्ष २०१८÷१९ को फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर हुन् । लायन वर्ष २०१८÷१९ का सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोकाले आगामी वर्षका लागि फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर पदमा उम्मेदवारी प्रस्तुत गरेका छन् । उनि लायन्स क्लब अफ काठमाण्डौ सामाखुशीका पुर्व अध्यक्ष हुन ।
लम्साल र रोकाले संयुक्त कार्यक्रमको आयोजना गरी उम्मेदवारी प्रस्तुत गर्दै शतप्रतिशत ‘एस भोट’का लागि सम्पूर्ण लायन्स प्रतिनिधिहरु समक्ष आग्रह गरेका छन् । नोमिनेसन कमिटि चियरपर्सन पूर्व मल्पिटल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठ र वर्तमान डिष्ट्रिक्ट गभर्नर अशोक कुमार श्रेष्ठलाई लम्साल र रोकाले मनोनयन पत्र हस्तान्तरण गरेका हुन् ।
आगामी वैशाख १३ र १४ गते पोखरामा डिष्ट्रिक्टको सातौं राष्ट्रिय महाधिवेशन हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले यसलाई महत्वका साथ हेरिएको छ । डिष्ट्रिक्टको नेतृत्व डिष्टिक्ट गर्भरबाट हुने गर्छ भने उत्तराधिकारीको रुपमा प्रथम र द्धित्तिय भाईस गर्भनर रहने प्रावधान रहेको छ । जुलाई १ देखि जुन ३० सम्म १ बर्ष रहने कार्यकाल बर्षदिन पुरा हुनु अगावै राष्ट्रिय महाधिबेशनद्धारा लायन्सको नयाँ नेतृत्वको चयन हुने गर्दछ ।
कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार लम्सालले ‘अवसरबाट बञ्चित तथा बेरोजगारहरुलाई सिप हस्तान्तरण, लायनवाद मार्फत समाज रुपान्तरण’ नाराका साथ आगामी वर्ष लायन्सलाई थप उचाईमा पु¥याउने प्रतिबद्धता व्यक्त गरिन् । फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर बनेर डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्साललाई पूर्ण सफल बताउन आफूले सहयोग गर्ने रोकाले प्रतिबद्धता व्यक्त गरेका थिए ।
लायन्सको सर्वत्र चासोको रुपमा हेरिएको सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदका लागि भने पोखराका धुर्व श्रेष्ठ र बिशेश्वर आचार्य भिड्डै छन् ।
यस अघि नै मनोनयन दर्र्ता गरी चुनावी अभियान थालनी गरेका श्रेष्ठ र आचार्यले मनोनयन कमिटि चेयरपर्सन दीपक श्रेष्ठ र डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठलाईे पोखरामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी उम्मेदवारी प्रस्तुत गरि मनोनयन पत्र हस्तान्तरण गरेका थिए ।
वर्तमान डिष्ट्रिक्टका चिफ एडभाइजर ध्रुव श्रेष्ठ लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष हुन् भने हालका सिनियर एओजि विशेश्वर आचार्य लायन्स क्लब अफ पोखरा सेन्ट्रलका पुर्व अध्यक्ष हुन् ।











प्रतिक्रिया