सिंहदरबारको पश्चिम भागलाई पनि रेट्रोफिटिङ गरिने

0
Shares

काठमाडौं, (नेस)
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेको सिंहदरबारको मुख्य भवनको पश्चिम भागलाई पनि रेट्रोफिटिङ (प्रबलीकरण) गरेर संरक्षण गर्ने भएको छ ।

संघीय संसदको विकास तथा प्रविधि समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पछिल्लो अध्ययनले रेट्रोफिटिङ गरेर अझै बलियो बनाउन सकिने देखाएकाले प्राधिकरणले पश्चिम भागको रेट्रोफिटिङ गर्ने गरी प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।

सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागमा रेट्रोफिटिङ कार्य भइरहेको छ ।
अध्ययनले सिंहदरबारको मुख्य पर्खालहरुमा ठूलो क्षति नभएको, प्रयोग भएका इ“टा बलियो रहेको, केही काठ भने फेर्नु पर्ने देखाएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरातात्विक सम्पदा संरक्षणको अवधारणाअनुसार सिंहदरबारको रेट्रोफिटिङ गर्ने जानकारी दिनुभयो । उहा“ले रेट्रोफिटिङको डिजाइनसमेत प्राप्त भइसकेकाले प्रक्रिया छिट्टै अघि बढ्ने बताउनुभयो ।

प्रतिनिधिसभा रहेको संसद्को पुरानो भवनलाई भत्काएर नया“ बनाउन सुझाव आएको जानकारी दि“दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरानो भवनलाई रेट्रोफिटिङ गरेर संरक्षण गर्ने कि नया“ संरचना बनाउने त्यसबारे सुझाव दिन सांसद्हरुलाई आग्रह गर्नु भयो । उहा“ले परराष्ट्र मन्त्रालयबाट स्टेट हलका रुपमा कार्यक्रम अघि बढाउन सुझाव आएको जानकारी पनि दिनुभयो ।
सांसद गणेश पहाडीले संसदको पुरानो भवनलाई रेट्रोफिटिङ गर्नुभन्दा भत्काएर अन्तर्राष्ट्रिय स्तरको बनाउन सुझाव दिनुभयो ।

बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणमा हालसम्म भएका उपलब्धिहरु र कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।

समिति सभापति कल्याणी खड्काले पछिल्लो समय पुनर्निर्माणको कामहरु देखिने गरी भइहरहेको बताउ“दै गुनासो सम्बोधन, गुम्बा पुनर्निर्माणलगायतलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिनुभयो ।

बैठकमा सांसदहरुले गुनासो सम्बोधन, गुम्बा पुनर्निर्माण, बस्ती स्थानान्तरण, पुनर्निर्माणको बजेट, सडक पुनर्निर्माण, खानेपानी, जीविकोपार्जन, विद्यालय पुनर्निर्माण, सम्पदा पुनर्निर्माण लगायतबारे जिज्ञासा राख्नु भएको थियो ।