दुई वर्षभित्र प्रत्येक जिल्लमा कृषि बजार केन्द्र

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र प्रत्येक जिल्लमा कृषि बजार केन्द्र स्थापना गर्ने सरकारको योजना रहेको बताउनु भएको छ । ६२औं राष्ट्रिय सहकारी दिवसको कार्यक्रममा उहा“ले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकार र सहकारी आन्दोलन समृद्धिका लागि स“गै अगाडि बढ्ने उल्लेख गर्दै भन्नुभयो–‘सहकारी आन्दोलन हामीले चलाएको हौं । हामी यसको सुरक्षा गछौं, सबल बनाउन के–के गर्नुपर्छ सबै गछौं ।’

उहँ“ले देशको ठूला जनसंख्या कृषिमा रहेको र किसानलाई संगठित गरेर सामूहिक कृषि खेती गरेको खण्डमा उत्पादनका लागि बजारको समस्या नहुने बताउनुभयो । उहा“ले दुई वर्षभित्र हरेक जिल्लामा एउटा कृषि बजार व्यवस्था हुने र यातायाता सञ्जालस“ग जोडिने बताउनुभयो । उहा“ले प्रधानमन्त्री कृषि आधुनिकीरकण कार्यस“ग सहकारीलाई जोडेर लग्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

‘सहकारीमार्फत आधुनिकीकरण गर्न सकेको खण्डमा मात्र कृषि क्षेत्रमा आमुल परिवर्तन हुने भन्दै जीवन कठिन भएको बेला, बाच्न गाह्रो भएको बेला बाच्न सम्भव बनाउने उद्देश्यले नै सहकारी स्थापना भएको हुन्छ, संघर्षका रुपमा शुरु हुन्छ र अनुभवी हु“दै जान्छ र यसले सन्पन्नताको खोजी गर्दै यसमा योगदान दिन्छ ।’ उहा“ले भन्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी मन्त्री पद्मा अर्यालले ५० करोडभन्दा बढी कारोबार गर्न बचत तथा ऋण सहकारी संस्थालाई अनुगमन गर्ने संयन्त्र निर्माण गर्न लागेको बताउनुभयो । उहा“ले सहकारी एकीकरणमा जोड दि“दै पा“च वर्षको अवधिमा सहकारीको सख्यामा ५० प्रतिशत घटाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । उहा“ले भन्नुभयो–‘भूमि स्रोत हो, सहकारी माध्यम र गरिबी निवारण लक्ष्य हो ।’

त्यस्तै कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले २०७५ साल कानुन निर्माण र कार्यान्वयनको बर्षमा रुपमा रहेको बताउनुभयो । उहाँले सहकारी कानुनले सहकारीलाई उत्पादनलगायत अन्य क्षेत्रमा जानका लागि मार्गनिर्देश गरेकाले अन्य कानुनले यसलाई बाधा नगर्ने बताउनुभयो ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सार्वजनिक–निजी र सहकारी क्षेत्र सवल भएमात्रै समृद्धि हालि हुने भएकाले सबैस“ग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महासंघका पूर्व अध्यक्ष दीपकप्रकाश बा“स्कोटाले मन्त्रालयले पछिल्लो समय सकारात्मक कार्य गरी सहकारीमैत्री वातावरण सिर्जना गरेको धारणा राख्नुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज क“डेललगायतले आफ्नो धारणा राख्नुभएको थियो ।