असिनाले लाखौंको तरकारी र फलफुल नष्ट

0
Shares

नेपाल समाचारपत्र, पर्वत
जिल्लाका विभिन्न स्थानमा परेको असिना पानीले बालीनालीमा ठूलो क्षति पु¥याएको छ ।

पर्वतको महाशिला गाउ“पालिका, फलेबास नगरपालिका, बिहादी गाउ“पालिकास“गै जोडिएको छिमेकी बागलुङको जैमिनी नगरपालिकामा असिनापानीले बालीनाली र फलफूल खेतीमा क्षति पु¥याएको हो ।
सा“झ करिब ५ बजेदेखि एक घण्टा परेको असिना पानीले बालीनालीस“ंगै फुल खेल्दै गरेको सुन्तला, भित्राउने तयारीमा रहेको गहु“, तोरीलगायतका बाली झारेको छ ।

असिनाले सबैभन्दा बढी बेमौसमी तरकारी खेतीमा क्षति पु¥याएको छ । असिनाका कारण महाशिला गाउ“पालिकामा मात्रै लाखौको तरकारी खेती नष्ट गरेको युवा कृषक मोहन पौडेलले बताउनुभयो । असिनाले पौडेलको मात्रै ५ लाखभन्दा बढीको बेमौसमी तरकारी खेती नष्ट गरेको उहा“को भनाइ छ ।

फलेबास नगरपालिकामा सुन्तलामा फुल खेल्दै गरेको अवस्थामा असिनाले क्षति पु¥याएका कारण लाखौ रुपैया“को सुन्तला उत्पादन घट्ने चिन्ता कृषकको छ । फलेबास नगरपालिका ५, ६, ७, ९, १०, ११, विहादी गाउ“पालिका १ मा पनि असिनापानीले बालीनालीमा क्षति भएको छ ।

फलेवास ९ भंगाराका अर्जुन क्षेत्रीले हिउ“दे बाली सबै असिनाले सखाप पारेको बताउनुभयो । पर्वतका एक दर्जन स्थानमा असिनापानीले बालीनालीमा करोडौंको क्षति भए पनि यकिन विवरण भने आएको छैन ।
यस्तै जैमिनी नगरपालिका ७ को जैदीमा पनि असिनापानीले क्षति पु¥याएको स्थानीय गोविन्द पौडेलले बताउनुभयो ।