२५ वर्षे रणनीति बनाउन राष्ट्रिय विकास परिषद् बैठक बस्दै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
राष्ट्रिय विकास परिषद्को बैठक बुधबारदेखि शुरू हुने भएको छ । दुई दिनसम्म चल्ने बैठकमा १५औं योजनाको आधारपत्रमा छलफल केन्द्रित हुने मंगलबार आयोगले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

बुधबार र बिहीबार परिषद्को बस्ने बैठकमा १५औं योजनाको आधारपत्रलाई अन्तिम रूप दिनेछ भने १५आंै योजनाको तयारीमा रहेको आयोगले आधारपत्रमाथि छलफल गर्न परिषद् बैठक आयोजना गरिएको आयोगका सहसचिव डा. किरण रूपाखेतीले बताउनुभयो ।
आयोगका उपाध्यक्ष प्राडा. पुष्प क“डेलले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली नारालाई आधार बनाएर दीर्घकालीन रणनीतिअनुसार मस्यौदा तयार पारिएको बताउनुभयो ।

उहा“ले परिषद् बैठकबाट प्राप्त हुने सुझावलाई समेटेर आधारपत्रलाई आवधिक योजना बनाएर अन्तिम रूप दिएर मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने जानकारी दिनुभयो । आयोगले आगामी २५ वर्षमा समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्यादित र उच्च जीवनस्तर भएको मुलुकको परिकल्पना गरिएको छ ।

आयोगले वि.सं २१०० सम्ममा प्रतिव्यक्ति आय १२ हजार ५ सय डलर पु¥याउने लक्ष्य लिएको छ । १५औंं योजना (आव २०७६–७७ देखि २०८०–८१ सम्म) लाई समृद्धि र सुखको सिर्जना गर्ने आधार वर्षको रुपमा तयार पारेको छ ।

सोही आधारमा पा“च वर्षमा समृद्ध अर्थतन्त्र, सामाजिक न्याय तथा परिस्कृत जीवनसहितको समाजवाद उन्मुख लोकल्याणकारी राज्यको रुपमा रुपान्तरण गर्दै उच्च आयस्तर भएको मुलुकमा स्तरोन्नती हुने आधार तयार पार्ने लक्ष्य आयोगको छ ।

योजनाको आधारपत्र तयारीका तीव्र विकास र उच्च आर्थिक वृद्धिको लक्ष्यसहितको दीर्घकालीन योजनाको आधार तयार गरेको आयोगले जनाएको छ ।

छलफलमा मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेशका मुख्यमन्त्रीहरु, संघीय संसदका समितिका सभापतिहरु सहभागी हुनेछन् । बैठकमा गभर्नर, योजना आयोगका सदस्यहरु, प्रदेश सरकारका योजना हेर्ने निकायहरु, जिल्ला समन्वय समितिका प्रमुखहरु, स्थानीय जनप्रतिनिधिलगायत करिब ३ सय ५० जना प्रतिनिधिले छलफलमा सहभागी जनाउनेछन्।

आयोगले तयार पारेको सोही योजनाको आधारपत्रको मस्यौदालाई अन्तिम रुप दिन राष्ट्रिय योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश, २०७४ बमोजिम गठित विकास परिषद्को बैठक गर्न लागेको जनाएको छ ।