ललितपुर महानगरपालिकाको बोर्ड बैठक बहिष्कार

0
Shares

नेपाल समाचारपत्र, ललितपुर ।
नेकपाका वडाअध्यक्षसहित कार्यपालिकाका सदस्यहरुले ललितपुर महानगरपालिकाको मंगलबारको कार्यपालिका बैठक बहिष्कार गरेका छन् ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बैठकमा वडाअध्यक्षलाई अपमानित गरेको भन्दै विपक्षी दलका कार्यपालिका सदस्यहरुले सो बैठक बहिष्कार गरेका हुन् ।
पाटन दरबारक्षेत्रसहित पाटन संग्रहालयको पर्यटन शुल्क उठाउने एकद्वारा प्रणालीको कार्यविधि संशोधन र महानगपालिकाको १ देखि २९ वडामा एक ÷एक जना प्राविधिक कर्मचारी भर्ना गर्ने बैठकको मुख्य एजेण्डा राखिएको थियो । बैठकमा महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले एजेण्डामा प्रवेश गराउ“दै कार्यपालिका सदस्यहरुलाई त्यस सम्बन्धमा आ–आफ्नो धारणा राख्न आग्रह गर्नुभयो ।

त्यसपछि महानगरपालिका–२१ का वडाअध्यक्ष रविन्द्र महर्जनले करारमा प्राविधिक कर्मचारी भर्ना गर्नुभन्दा अघि हाल कर्मचारीको दरबन्दी र त्यसमा के कति अपुग छन् भन्ने विषयमा यकिन जानकारी सहित प्रस्ताव आउनुपर्ने भन्दै आर्थिक समस्यालाई एजेण्डा नबनाइएकोमा बैठकमा ध्यानाकर्षण गराउनुभयो ।

आर्थिक समस्यालाई एजेण्डाका रुपमा राख्न कार्यपालिकाको बैठकमा पटक पटक ध्यानाकर्षण गरेपनि सुनवाई नभएको भन्ने बितिक्कै प्रमुख महर्जनले २१–वडाअध्यक्ष महर्जनलाई ‘यो विषय विविध एजेण्डामा राख्न’ आग्रह गर्नुभयो ।

रुलिङका बाबजुत पनि वडाअध्यक्ष महर्जनले बोल्न नछाडेपछि प्रमुख महर्जनल ‘तिमी चुप लाग, निरंकुश हुने, तिमी मयेर कि म मयेर, मेरो आदेश मान्ने कि नमार्ने भनेर’ दम्भको भाषा बोल्नुभएको २१ का –वडा अध्यक्ष महर्जनले नेपाल समाचारपत्रलाई बताउनुभयो ।
‘प्रमुख महर्जनको यस्तो बोलीले एक वडाअध्यक्षकै अपमान भएको महशुस भयो ।म पनि जनताबाट निर्वाचित व्यक्ति हु“ ।यस्तो अपमान सहन सक्दिन ।त्यसैले बैठकबीचमै छाडेर बाहिर निस्किएको हु“ ।’वडाअध्यक्ष महर्जनले नेपाल भन्नुभयो ।

वडाअध्यक्ष महर्जनका अनुसार प्रमुख महर्जनले अघिपछि बैठकमा पनि वडाअध्यक्षहरुले राखेको कुरा मन नपर्ने बितिक्कै ‘क्षुद्र र हेपाहा प्रवृति’ देखाउने गरेको छ । त्यसपछि ३– का वडाअध्यक्ष श्रीगोपाल महर्जन बाहेक विपक्षी दलको सबै कार्यपालिका सदस्यहरु बैठकबाट बाहिर निस्किए । बैठकमा नेकपाबाट निर्वाचित वडाअध्यक्ष र कार्यपालिका सदस्यको बहुमत रहेको छ ।

त्यसपछि मैंले ‘प्रमुख महर्जनलाई रुलिङ गर्ने अधिकार तपाईलाई छ ।तर रुलिङ गर्ने नाउ“मा वडाअध्यक्षलाई आदेश दिएको भनेर भन्न पाउनुहुन्न।हामी सल्लाह गरेर आउ“छु’ भने। ‘अनि म पनि बाहिर निस्किए ।’ विपक्षी दलका वडाअध्यक्षका संयोजककर्ता समेत रहनुभएका वडाअध्यक्ष महर्जनले भन्नुभयो ।

यस विषयमा प्रतिक्रिया लिन प्रमुख महर्जन र उपप्रमुख गीता सत्याललाई पटक पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन ।प्रमुख महर्जनको सचिवालयका अनुसार छलफलका क्रममा केही वडाअध्यक्षले छलफल गर्नुपर्ने एजेण्डा भन्दा बाहिर गएर बोलेपछि प्रमुख महर्जनले रुलिङ गर्नुभयो । त्यस क्रममा अलि भनाभन भएको हो ।बैठकमा यस्तो भइरहन्छ । सामान्य विषय नै हो । धेरै तन्काउनुपर्ने विषय भने होइन ।’