हावाहुरी प्रभावित क्षेत्रमा एपीएफ टोलीले ५० पाल टाँग्यो

0
Shares

बारा ।
हावाहुरी प्रभावित क्षेत्र बारा र पर्सा जिल्लाका क्षतिग्रष्त स्थानमा एपीएफ टोली उद्धार तथा राहत कार्यमा जुटेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा चितवन नम्बर १७ गणबाट १ सय ५० थान टेण्ट र त्रिपाल एक सय थानसहित उक्त स्थानमा खटिएको एपीएफ टोलीले पिडीत स्थानीय बासिन्दाहरुको लागि अस्थाई बसोबासको व्यवस्था मिलाएको हो । एपीएफ टोलीले मंगलबार उक्त ठाउँमा करिब ५० वटा पाल टाँगेर पीडितहरुका लागि अस्थायी बसोबासको व्यवस्था समेत मिलाएको छ ।

सो ईलाकामा राहत वितरण तथा उद्धार कार्यमा खटिएको एपीएफ टोली उद्धार लगाएत टेण्ट तथा त्रिपाल वितरण कार्यमा जुटिरहेको छ ।

उद्धार तथा राहत कार्यमा सो गणको एपीएफ टोलीसँगै सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा बारा नम्बर १२ गण तथा विभिन्न एपीएफ एकाईबाट खटिएको टोली सकृयताका साथ जुटेको छ ।