पञ्चेश्वर गाउँपालिका अध्यक्ष चन्दमाथि हातपात

0
Shares

विनोद सिह विष्ट, बैतडी ।
बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात भएको छ । स्थानीय बलबहादुर भण्डारी लगायत ५/६ जनाको समूहले अध्यक्ष चन्दमाथि आक्रमण गरेको हो ।

रोडीदेवलदेखि पञ्चेश्वर गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकका बिषयमा छलफल गरेर फर्किदै गर्दा बलबहादुर भण्डारी लगायत ५÷६ जनाको समूहले आक्रमण गरेको अध्यक्ष चन्दले बताए । सडकको बिषयमा छलफल गरेर वडा नम्बर ४ का अध्यक्षसंगै फर्किरहेको थिए । अध्यक्ष चन्दले भने “ एक्कासी म माथि हातपात भयो ”

अध्यक्षसंगै रहेको वडा अध्यक्ष राजबहादुर चन्दका अनुसार सडकको छलफल सकेर कुलाउँ फर्कने क्रममा बीच जंगलको बाटोमा अध्यक्ष चन्दमाथि हातपात भएको हो । उनले भने ‘चारपाँच जनाको समूह आएर उहाँमाथि लट्ठीले आक्रमण गर्यो । हामीले तपाई भाग्नुस भन्यौं त्यसपछि उनीहरुले ढुंगा फ्याकेर आक्रमण गरे । भाग्यबस अध्यक्षज्यूलाई ढुंगा नलाग्दा अप्रिय घटना हुन पाएन् ।’

अध्यक्ष चन्दमाथि हातपात गर्ने समूह भागेको छ भने अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ । घटनाका बिषयमा अनुसन्धान भईरहेको र हातपात गर्ने समूहको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । घटना के कति कारणले भयो भन्ने बिषयमा बुझ्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताए । उनले भने ‘प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

सडकको बिषयमा पनि विवाद थियो भन्ने खालको कुरा सुनिएको छ । के भएको रहेछ हामी बुझ्ने प्रक्रियामा छौं ।’ गाउँपालिका अध्यक्ष चन्दले भने सडकका बिषयमा कुनै विवाद नरहेको दाबी गरे ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।