बेपत्ता बनाईएकीे सुनितालाई रिहाई गर्न माग

0
Shares

रामधन राई, खोटाङ ।
गत चैत १३ गते काठमाडौंको गौशालाबाट प्रहरीले नियन्त्रणमा लिएको सुनिता राईलाई तत्काल रिहाई गर्न माग गरिएको छ । किरात राई विद्यार्थी संघको पूर्व केन्द्रीय परिषद सदस्य तथा संखुवासभा जिल्ला अध्यक्ष सुनिता राईलाई तत्काल रिहाइ गर्न किरात राई बिद्यार्थी संघले माग गरेको हो ।

संघको अध्यक्ष बिर्सिका राईले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै सुनितालाई पक्राउ गरिएको र हालसम्म सार्वजनिक नगरिएको घटनाप्रति घोर भत्र्सना गर्नुभएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व रहेको नेकपाको कार्यकर्ता भएकैले गिरफ्तार गरिएको सुनितालाई कहाँ राखिएको छ ? भन्नेबारे प्रहरीले जानकारी दिएको छैन । परिवारले सुनितालाई सरकारले बेपत्ता बनाएको दाबी गरेको छ । सुनिता नेकपाका संखुवासभा जिल्ला सदस्य समेत रहेको जनाईएको छ ।

सुनितासँगै नेकपाका संखुवासभा जिल्ला इन्चार्ज देव गुरुङलाई समेत प्रहरीले पक्राउ गरेको थियो । हालसम्म दुवैलाई सार्वजनिक गरिएको छैन ।