असिनाले लाखौंको तरकारी र फलफुल नष्ट

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
पर्वत जिल्लाका विभिन्न स्थानमा परेको असिनापानीले बालीनालीमा ठुलो क्षती पु¥याएको छ ।
पर्वतको महाशिला गाउँपालिका, फलेवास नगरपालिका ,विहादी गाउँपालिका पर्वत सगै जोडिएको छिमेकी बागलुङको जैमिनी नगरपालिकामा असिनापानीले बालीनाली र फलफुल खेतीमा क्षती पु¥याएको हो ।

साँझ करिब ५ बजे देखि करिव एक घण्टा जति परेको असिना पानीले बालीनाली संगै फुल खेल्दै गरेको सुन्तलाबाली, भित्राउने तयारीमा रहेको गहुँ, तोरी लगायतका बाली झारेको छ ।

असिनाले सबैभन्दा बढी बेमौसमी तरकारी खेतीमा क्षति पु¥याएको छ । असिनाका कारण महाशिला गाउँपालिकामा मात्रै लाखौको तरकारी खेती नष्ट गरेको युवा कृषक मोहन पौडेलले बताए । असिनाले पौडेलको मात्रै ५ लाख भन्दा बढीको बेमौसमी तरकारी खेती नष्ट गरेको उनको भनाई छ ।

फलेबास नगरपालिकामा सुन्तलामा फुल खेल्दै गरेको अबस्थामा असिनाले क्षति पु¥याएका कारण लाखौ रुपैंयाको सुन्तला उत्पादन घट्ने चिन्ता कृषकको छ । फलेवास नगरपालिका ५, ६, ७, ९, १०, ११, विहादी गाउँपालिका १ मा पनि असिनापानीले बालीनालीमा क्षती भएको छ । फलेवास ९ भंगाराका अर्जुन क्षेत्रीले हिउँदे बाली सबै असिनाले सखाप पारेको बताउनुभयो । पर्वतका एक दर्जन स्थानमा असिनापानीले बालीनालीमा करोडौँको क्षती भएपनि यकिन क्षतीको विवरण भने आएको छैन् ।

यस्तै जैमिनी नगरपालिका ७ को जैदीमा पनि असिनापानीले क्षती पु¥याएको स्थानिय गोब्निद पौडेललपौडेलले बताउनुभयो ।