अवरुद्ध रुकुमको विद्युत सुचारु नहुँदा समस्या

0
Shares

रुकुम ।
आइतबारदेखी अवरुद्ध भएको बिद्युत सेवा सुचारु नहुँदा उपभोक्ताहरु मारमा परेका छन् । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा गत आइतबारदेखी बिद्युत सेवा अवरुद्ध छ । केन्द्रीय प्रसारण लाइनमा समस्या भएपछि बिद्युत अवरुद्ध भएको बिद्युत प्राधिकरण रुकुम बितरण केन्द्रले जनाएको छ ।

सल्यान र रुकुमको सव स्टेशन एक ठाँउमा भएकोले बेला बेला फल्ट जाने भएको कारण समस्या उत्पन्न हुने बितरण केन्द्रको भनाई छ ।
यस पटक भने कुन ठाँउमा समस्या आएको पत्ता नलागेका कारण रुकुम दुई दिन देखी अन्धकार छ ।

विद्युत अवरुद्ध हुँदा साना कलकारखाना एवं एफएम रेडियो लगाएतलाई झनै समस्या भएको हो । रुकुम र सल्यानका लागी सल्यानको शितलपाटीमा बिद्युत सव स्टेशन छ ।