चीनबाट सडक खन्न चीनको सहमति लिन केन्द्र सरकारसँग आग्रह

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
गण्डकी प्रदेश सरकारले गोरखाको उत्तरी नाकालाई सडकसँग जोड्न चीनतर्फबाट सडक खन्ने अनुमति लिइदिन केन्द्र सरकारसँग आग्रह गरेको छ । ।

तिब्बतसँग जोडिएको रुइला भञ्ज्याङदेखि गोरखातर्फ सडक खन्न चीनको बाटो प्रयोगको अनुमति मिलाइदिन प्रदेश सरकारसंग आग्रह गरेको हो ।

चीनतर्फबाट मेशिनरी यन्त्र र निर्माण सामाग्राी ल्याएर निर्माण थाल्ने र माछाखोलाबाट पनि नेपाली सेनाले बाटो खनिरहेकाले छिटो नाका जोड्ने लक्ष्यसहित काम अगाडि बढाउन नेपाल सरकारलाई सहमतिका लागि गण्डकी प्रदेशले सरकारसंग आग्रह गरेको छ ।

गोरखाको आरुघाट हुँदै चीन जोड्ने सडकको माछाखोलासम्म नेपाली सेनाले ट्रयाक खोलिसकेको छ ।