प्रहरी कार्यालयलाई सहयोग सामाग्री हस्तान्तरण

0
Shares

दाङ ।
जिल्ला प्रहरी कार्यालय रोल्पालाई सोमबार वडा कार्यालयले सहयोग स्वरुप टि।भी। प्रदान गरेको छ । रोल्पा नगरपालिकाको ४ नम्बर वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरि ५० ईन्चको रंगिन (LED) टिभी जिल्ला प्रहरी कार्यालय रोल्पालाई हस्तान्तरण गरेको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विविध सूचना तथा श्रव्यदृश्य सामाग्री प्रशारणमा प्रभावकारी बनाउन टीभी प्रदान गरिएको वडा अध्यक्ष नवराज आचार्यले बताए । स्थानीयतह सँग सहकार्य गर्दै सञ्चालन भईरहेको समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत गरिएको यो कार्यबाट प्रहरी र नागरिक बिचको सम्बन्धलाई अझ सुमधुर बनाउने अपेक्षा गरिएको छ ।

सो अवसरमा बोल्दै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक दिपक खड्काले प्रहरीलाई सहयोग गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिदैं आगामी दिनमा प्रहरीसँगको सहकार्य गर्न सजिलो भएको बताए । करिब ५५ हजार मुल्य बराबरको टिभी वडा अध्यक्ष आचार्यले जि।प्र।का रोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक दिपक खड्कालाई हस्तान्तरण गरेका थिए ।