सभापति देउवा र अध्यक्ष प्रचण्ड हावाहुरी प्रभावित क्षेत्रमा

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
आइतबार राति आएको हावाहुरीका कारण ठूलो मानवीय विपत्ती आएपछि अहिले पर्साको वीरगन्जमा ठूला नेताहरुको भीड नै लागेको छ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले घाइतेहरुलाई भेटेर फर्कनु भएको थियो भने मंगलबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) तथा काँग्रेस सभापति शेर बहादुर देउवा लगायतका मधेशवादी दलका शीर्ष नेताहरु वीरगन्ज आएर वीरगन्जका बिभिन्न अस्पतालहरुमा उपचाररत घाइतेहरुसँग भेट गरेका छन् ।

मंगलबार बिहान नारायणी क्षेत्रीय अस्पताल वीरगन्ज पुगेर देउवाले घाइतेहरुको अवस्थाबारे जानकारी लिएका हुन् ।घाइतेहरुको अवस्था बुझेपछि देउवाले उपचारमा अझै चुस्तता आवश्यक रहेको बताए । उनले केही चिकित्सक र स्वास्थ्यकर्मी केन्द्रबाट पठाउनुपर्ने आवश्यकतासमेत औंल्याए । ‘केही चिकित्सक र स्वास्थ्यकर्मी केन्द्रबाट पठाउनुपर्ने देखिएको छ, त्यसको प्रवन्ध गर्न म सरकारसँग आग्रह गर्दछु,’ उनले भने ।

यसरी नै नेकपाका अध्यक्ष पुष्प कमल दाहालले पनि घाइतेहरुलाई भेटेर उपचारमा कुनै समस्या आउन नदिने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनले बाराको हावाहुरी स्थानमा नै पुगेर आफ्नो तर्फबाट पाँचलाख सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ । मधेशवादी दलका नेता राजेन्द्र महतोले प्रदेश सरकारका तर्फबाट कुनै समस्या आउन नदिने गरी काम गर्न निर्देशन दिनुभएको छ । आइतबार राति आएको हावाहु्रीमा परी घाइते भएका दुईजनाजनाको वीरगन्जका बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । हावाहुरीमा परी पर्सामा चारजनाको ज्यान गएको छ भने बारामा २४ जनाको ज्यान गएको गृहमन्त्रालयले पुष्ठी गरेको छ ।