खाद्य अनुसन्धान अधिकृतविरुद्ध मुद्दा दायर

0
Shares

काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका अधिकृत (कार्यालय प्रमुख) विनोदकुमार श्रीवास्तवविरुद्ध मुद्दा दायर गरेकोे छ ।

आयोगले श्रीवास्तवले भन्सारबाट आयात हुने सामानहरुको कानूनबमोजिमको चेकजाँच दस्तुर बुझाए पनि प्रज्ञापन–पत्र बनाइदिने तथा भन्सार चेक एवं गुणस्तर लगायतको काममा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस् रकम माग गरेको आयोगका उप–सचिव एवं सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार श्रीवास्तवले घूस मागिरहेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा आयोगको कार्यालय, बुटवलबाट खटि गएको टोलीले पक्राउ गरेको हो ।

आयोगले उनलाई कानुन बमोजिक पैंत्तीस हजार जरिवाना माग गरि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।