नुवाकोटका व्यवसायीलाई चुनावको चटारो, भोट माग्दै घरघरमा

0
Shares

शालिकराम चालिस,े नुवाकोट ।
नुवाकोट÷चैत २३ गते हुन लागेको नुवाकोट उद्योग वाणिज्य संघको निर्वाचनको नुवाकोटका उद्योगी व्यवसायीहरुलाई चुनावी चटारो लागेको छ । निर्वाचनको लागि केही दिनमात्र बाँकी रहेको अवस्थामा व्यापारीहरु मत माग्न घरघरमा पुग्न थालेका छन ।

निर्वाचनको लागि नेकपा र नेपाली कांग्रेस समर्थित व्यवसायीहरु चुनावी मैदानमा उत्रिएका छन् । नेकपाको समर्थनमा रमेश श्रेष्ठ र नेपाली कांग्रेसको समर्थनमा ताराबहादुर कार्कीको प्यालन चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । संघको १६ औं वार्षिक साधारण सभा तथा दशौं अधिवेशनले संघले नयाँ नेतृत्व चयन गर्न लागेको हो । सहमतिको आधारमा नेतृत्व चयन गर्ने पूर्व सहमति विथोलिएपछि संघको नेतृत्व हात पार्ने दाउमा दुवै समूह चुनावी रणनितिमा लागेका हुन् ।

मनोनयन पत्र दर्ता गरेसँगै दुवै प्यानल मतदाताको मन जितेर आफ्नोृ पक्षमा मत लिनको लागि घरदैलो अभियानमा लागेका छन् । अघिल्लो निर्वाचनमा कार्कीसँग झिनो मतान्तरले पराजित भएका श्रेष्ठ फेरी टक्कर दिन आएपछि कार्की प्यालन झस्किएको छ भने श्रेष्ठ प्यालन पनि अघिल्लो पटकको आफ्नो मत सुरक्षित गर्दै कार्की टिमलाई पराजित गराउने मत पाइँदैन कि भन्ने दुविधामा रहेको छ । अघिल्लो अधिबेशनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका श्रेष्ठ काकीँसँग ७ मत अन्तरले पराजित भएका थिए । अघिल्लो निर्वाचनमा प्रगतीशील विचारका पाँच जना निर्वा्चित भएका थिए ।

संघको दशौं अधिवेशनले नुवाकोट उद्योग वाणिज्य संघमा ८ पदाधिकारीसहित २३ सदस्यीय कार्य समितिको चयन निर्वाचनद्वारा गर्नेछ । बरिष्ठ उपाध्यक्षमा कार्की प्यानलबाट अहिलेका कोषाध्यक्ष गीता अमात्य र श्रेष्ठ प्यानलबाट पूर्व महासचिब इन्जिनियर रामकृष्ण राजभण्डारीवीच प्रतिष्पर्धा हुनेछ । यस्तै, प्रथम उपाध्यक्षमा कार्की प्यानलबाट राजेन्द्र श्रेष्ठ र श्रेष्ठ प्यानलबाट उसनमान श्रेष्ठवीच प्रष्तिपर्धा हुनेछ । द्वितीय उपाध्यक्षमा अहिलेका प्रवक्ता कार्की प्यानलका सन्तोष उप्रेती र श्रेष्ठ प्यानलबाट लिडर श्रेष्ठ बिच प्रतिष्पर्धा हुनेछ ।

श्रेष्ठ प्यानलबाट महासचिब दिपक कायस्थ र कार्की प्यानलबाट कृष्ण अधिकारी बिचमा प्रतिष्पर्धा हुनेछ । यस्तै, सचिवमा कार्की प्यानलका उपेन्द बुढाथोकी र श्रेष्ठ प्यानलबाट राजु बोगटी, कोषाध्यक्ष पदमा कार्कीको टिमबाट दिनेश श्रेष्ठ र श्रेष्ठको टिमबाट राजाराम अधिकारीवीच प्रतिष्पर्धा हुने छ । प्रवक्तामा कार्की प्यानलका सबिनराज भण्डारी र श्रेष्ठ प्यानलका श्याम सुन्दर श्रेष्ठको प्रतिष्पर्धा हुनेछ ।
श्रेष्ठ प्यानलबाट पवन नेपाल, सञ्जिब थपलिया, रामधन ढकाल, दिपक तिमल्सिना, नारायण पौडेल, ईश्वर पौडेल, सेल्बोन तामाङ, श्यामकुमार कुँबर, बिनयप्रसाद लामिछाने र श्यामसुन्दर कुँबर सदस्य पदका उम्मेदवार रहेका छन् । महिला सदस्यहरुमा लक्ष्मीकुमारी प्रधान, बिष्णुमाया डंगोल र शर्मिला अर्यालको उम्मेदवारी परेको छ ।

बस्तुगत सदस्यहरुमा श्रेष्ठ प्यानलबाट बुद्धिप्रसाद रिजाल र प्रकाश भण्डारीको उम्मेदवारी परेको छ । कार्की प्यानलबाट सदस्यहरुमा बिष्णु प्याकुरेल, सुमन भण्डारी, मधुसुदन थपलिया, गगन लामा, उद्धब पन्थ, लक्ष्मण लामिछाने, सुनिल बज्राचार्य, मेघनाथ घिमिरे, निरोज खड्गी, सरोज श्रेष्ठको उम्मेदवारी परेको छ । यस्तै, महिला सदस्यहरुमा लिस्ना प्रधान, ज्ञानु गिरी, र अञ्जली श्रेष्ठ रहेका छन् । कार्की प्यानलबाटै बस्तुगत सदस्यमा ध्रुबकुमार रावल र उत्तम ढकालको उम्मेदवारी परेको छ ।

यस अघिको अधिबेशनमा नेकपा एमालेको समर्थनमा उम्मेदवार बनेका श्रेष्ठ टिम यसपटक पार्टी एकीकरणसँगै नेकपाको तर्फबाट उम्मेदवार बनेपछि जितको सुनिश्चतता बोकेर अघि बढेको छ । भने कार्की प्यालन नेकपाभित्र देखिएको बढ्दो असन्तुष्टि र मतक्रस हुने र संघमा आफू निकटका व्यवसायीहरुको वर्चश्व रहेका कारण आफ्नो प्यानलको जित सुनिश्चित रहेको दावी गर्दै आएको छ ।

तर, जानकारहरु व्यवसायीहरु नेतृत्व चयनमा सक्षम हुने भएकाले यस पटक दुवै प्यानलका योग्य र सक्षम उम्मेदवारहरु विजयी भई मिश्रित पदाधिकारी र सदस्यहरु आउने अनुमान गर्न थालेका छन् । संघको अध्यक्षका दावेदार ताराबहादुर कार्कीलाई संघको नेतृत्व कुशलतापूर्वक निभाउन र व्यवसायिक हकहित स्थापित गर्न नसकेको आरोप लाग्दै आएको छ भने रमेश श्रेष्ठलाई व्यवसायीमाझ गहिरो सम्वन्ध स्थापित गर्न नसक्ने र भिज्न नसक्ने आरोप लाग्दै आएको छ ।

यस पटकको निर्वाचनमा नेकपाको सिंगो पार्टी श्रेष्ठ प्यालनलाई विजयी गराउन खट्ने र कार्की प्यालनलाई जिताउनको लागि नेपाली कांग्रेसको सिंगो पार्टी नै लाग्ने देखिन्छ । त्यसैले पनि नुवाकोट उद्योग वाणिज्य संघको यस पटकको निर्वाचनलाई राजनीतिक दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएपछि व्यवसायीहरुको चुनावका कारण नुवाकोटमा छुट्टै तरंग पैदा भएको छ ।