विचौलियाको नजरमा पोखरा फिर्के खोला

0
Shares

विजय नेपाली, पोखरा ।
पोखराको फिर्के खोला अतिक्रमण बढ्दो क्रममा छ फिर्केखोला अतिक्रमणको विषय बारम्बार न उठेको भने होइन । यस्को लागि महानगरले केही कदम चाले पनि विचौलियाहरुको नजरमा फिर्के परेको छ ।

ज्ञानबहादुर कोइराला दाजुभाइ लगायत केही व्यक्तिले फिर्केखोलाको बिचमा नै तटबन्ध लगाइ जग्गा बढाइरहेका छन भने लायन्स भवन , लिटिल स्टेप विर्डिङ स्कुल , बहिरा संघ भवन, इलेक्ट्रीक एसोसिएसन कार्यालयका भवन समेत फिर्के अतिक्रमण गरि बनाएका छन ।

आफ्नो जग्गाको संरक्षण गर्ने नाममा खोला अतिक्रमण गरि बिच भागबाटै तटबन्ध लगाउने काम भएको देखिन्छ ।
अँधेरी कुनादेखि फेवातलसम्मै फिर्के खोलाको मापदण्ड मिचिएर झण्डै २ सय संरचना बनेका छन्। फिर्केमा बनेका संरचनामा सरकारी एव गैह्रसरकारी संघ संस्था देखि नामि व्यक्ति समेत छन् उक्त क्षेत्रमा १ सय ९२ घरटहरा मापदण्ड विपरीत छन्। सरकारी भवन ७, पक्की घर ७२, कच्ची घर टहरा ८६, विद्यालय तथा कलेज ३, मठमन्दिर २ र ११ समाज घर र तथा संघसंस्था रहेका छन । यस भित्र कतिपय संचना महानगरपालिकाको अनुमति लिएरै निर्माण गरिएका छन्।

महानगरले गत चैत्र २ गते फिर्के खोला रेखांकनको काम अघि बढायो। महानगरका इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा बनेको समितिले रेखांकनपछि प्रतिवेदन बुझाएर त्यसमाथि छलफल समेत भएको थियो ।

फिर्के अतिक्रमण दयनिय अवस्था देख्दा दुख लागेको र अतिक्रमण रोक्न मेयरले पाइला नचाले जवाफदेहिनताले कब्जा गरेको भन्ने बुझ्नु पर्ने नागरिक समाजका अध्यक्ष रामबहादुर पौडेलले बताए । कयौ रोपनी जग्गा अतिक्रमण गरेर करोडौं रुपैया आर्जन गर्न लागेको देखियो,तत्कालिन पोखरा उपमहानगरपालिका हुँदा संयन्त्र सदस्य समेत रहेका ज्ञानबहादुर कोईरालाले हालिमुहालि गरेको र अहिले पुन फिर्केको बिचबाट तटबन्ध लगाइ जग्गा बढाउने काम गरेको देखियोू पौडेलले भने ।

कानुन सबल नभए शक्ति केन्द्रहरुले दमन गरिरहने र कानुन मिच्नु अपराधी क्रियाकलाप रहेको बताए । फिर्के अतिक्रमण समयमै नरोके फेवाताल समेत पुरिने खतरा समेत बढ्ने उनले बताए । त्यस्तै पोखरा महानगरका प्रवक्ता एवम वडा न। ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले सार्वजनिक जग्गा मिच्ने तथा अतिक्रमण गर्ने जोकोहीलाई समेत नछाड्ने प्रतिबद्धता व्यक्त गरे ।

फिर्के प्राकृति सम्पती हो, यस्को अतिक्रमण गर्नु अपराध हो हामी कार्वाही गर्छौ यो हाम्रो दायित्व होू अध्यक्ष नेपालीले बताए । अनुमती बिना फिर्के खोलामा तटबन्द लगाएको जानकारी उनले दिए । जग्गा संरक्षण गर्ने अधिकार भए पनि नियम विपरित गर्नु नपाउने नेपालीले बताए ।

वडा ५ को पुर्वी सिमानामा रहेको फिर्के दोहन निकै बढेको वडा सदस्य उज्जवल खत्रीले बताए । ूभुमाफियाले अतिनै दोहन गरेको प्रत्येक्ष देखिएको छ, अब कानुन अनुसार कदम चाल्ने छौ ू उनले भने । फिर्के दोहन प्रती ध्यानाकर्षण भएको र फिर्के संरक्षणको लागि माथिल्लो तह सम्म जान परे पनि पछि नहट्ने उनले बताए ।

आठ किलोमिटर लम्बाई रहेको फिर्केको १५ मिटरदेखि ५ मिटरसम्मको फरकफरक चौडाइ छ। फिर्के अतिक्रमण प्रती राज्य निरीह देखिएको छ, फिर्के अतिक्रमण नरोकिने हो भने फिर्केखोला नै लोप हुने खतरा देखिन्छ । यस्को लागि स्थानीय स्तरबाटै कार्वाही गर्नुपर्ने देखिन्छ यस प्रती महानगर भने मौन देखिएको छ ।