संसदिय सुनुवाईमा योगेश र ज्ञानेन्द्रको घोचपेच, उजुरीका लागि बाटो खुल्ला

0
Shares

गंगा बराल, काठमाडाैँ ।
संघीय संसदको संसदिय सुनुवाई समितिले संवैधानिक परिषद्को सिफारिसमा प्रस्ताव गरिएका निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलिया र समावेशी आयोगकी सदस्य विष्णुमाया ओझाको विरुद्धमा उजुरी तथा गुनासा लिनका लागि आह्वान गरेको छ ।

समितिको मंगलबार सिंह दरबारमा बसेको बैठकले प्रस्तावित दुई उम्मेदवारविरुद्ध केहि गुनासा वा उजुरी भए दिनका लागि सर्वसाधारणका लागि आह्वान गरेको हो ।

सरकारी सञ्चार माध्यममा सूचना छापिएपछि मात्र यो लागु हुनेछ । समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित दुई उम्मेदवारको विषयमा कुनै गुनासा भए उजुरी दिनका लागि बाटो खुल्ला भएको बताउनुभयो ।

बुधबार पत्रिकामा यसको सूचना आह्वान गरिनेछ । संवैधानिक परिषदको चैत ११ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा दिनेश कुमार थपलिया र समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझाको नाम प्रस्ताव गरको थियो ।

आजको बैठकमा नेपाली कांग्रेसका सांसदको पनि सहभागिता रहेको थियो । आईतबार बोलाइएको बैठकमा कांग्रेसले आजसम्मका बैठक स्थगित गर्न माग गरेकाले बैठक स्थगित गरिएको थियो ।

समितिको बैठकमा नेकपामा सांसद योगेशकुमार भट्टराई र कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीकाबीच घोचपेचसमेत भएको थियो ।