भन्सार छलि ल्याएको ३ वटा कपडा गोदाममा शिलबन्दी

0
Shares

बुटवल ।
बुटवलका तीन वटा कपडा गोदामा प्रहरीले शिलबन्दी गरेकोे छ । भन्सार छली गरी भारतबाट ल्याएर बुटवलमा लुकाएर राखिएका गोदाममा राजश्व कार्यालयसंगको समन्वयमा प्रहरीले शिल गरेको हो ।

बुटवल उपमहानगरपालिका वडा नं. २ लायन्स आँखा अस्पताल नजिकै बस्ने ६५ वर्षीय राजेन्द्र कसौधनको घरमा रहेको दुई वटा तथा बुटवल राममन्दिर लाईनमा रहेको एउटा गोदामा प्रहरीले शिल गरिदिएको हो ।

त्यसैगरी प्रहरीले बुटवल उपमहानगरपालिका वडा नं. ६ नेपालगञ्ज रोडबाट वेवारिसे अवस्थामा रहेका ८ लाख २६ हजार ५ सय मुल्य बराबरको कपडा बरामद गरेको छ । त्यस्तै बिभिन्न नाकाबाट भन्सार छलिगरी नेपाल भित्र्याईदै गरेका ७३ हजार बराबरका श्रीङ्गारका सामान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।